वैदेशिक लगानी प्रतिबद्धता ३२ प्रतिशतले बढ्यो, लाभांशवापत लगानीकर्ताले रु. ९ अर्ब लगे

Advertisement

काठमाडौं । चालु आर्थिक बर्ष २०८०–८१ को ९ महिनामा ३७ अर्ब आठ करोड ८१ लाख रुपियाँ वैदेशिक लगानी प्रतिवद्धता आएको छ । 

उद्योग विभागले सार्वजनिक गरेको चैत मसान्तसम्मको तथ्यांकअनुसार यो प्रतिवद्धता गत आवको सोही अवधीको तुलनामा ३२ प्रतिशतले बढी हो । गत आवको चैत मसान्तसम्म २८ अर्ब १३ करोड २० लाख रुपियाँ बेदैशिक लगानीको प्रतिवद्धता आएको थियो । 

Advertisement

गत आवभर भने ३८ अर्ब ६६ करोड ९० लाख रुपियाँ बैदेशिक लगानी प्रतिवद्धता आएको थियो । ्यो उद्योग विभागमा दर्ता भएको वैदेशिक लगानीको प्रतिवद्धता मात्रै हो । भित्रिएको लगानी भने प्रतिवद्धताको अनुपातमा निकै कम हुने गरेको छ । 
 
लगानी बोर्डमा आउने प्रतिवद्धता यसमा समावेश छैन् । बोर्डले छ अर्ब रुपियाँभन्दा बढी लागत भएको र दुई सय मेगावाटभन्दा ठूला जलविद्युत् आयोजनामा आउने विदेशी लगानी सहजीकरण गर्छ । 

तथ्यांकअनुसार समीक्षा अवधीमा २६९ वटा उद्योग तथा कम्पनीमा विदेशी लगानी प्रतिवद्धता आएको छ । त्यसमा २५३ साना, १३ मझौला र तीन ठूला उद्योग रहेको छ । कूल १३ हजार ८३४ रोजगारी सिर्जना गर्ने गरि लगानी प्रतिवद्धता आएको विभागले जनाएको छ । 

तथ्यांकअनुसार पर्यटन क्षेत्रमा वैदेशिक लगानीको आर्कषण  उच्च देखिएको छ । चालु आवको वैदेशिक लगानी प्रतिवद्धतामा पर्यटन क्षेत्रको हिस्सा सबैभन्दा बढी अर्थात् ४५ प्रतिशत छ । 

तथ्यांकअनुसार पर्यटन क्षेत्रमा १२२ वटा उद्योग स्थापना गर्ने गरि विदेशी लगानी प्रतिवद्धता आएको छ । दोस्रोमा भने सेवा क्षेत्र देखिन्छ । कूल वैदेशिक लगानी प्रतिवद्धतामा यस क्षेत्रको हिस्सा ३५ प्रतिशत छ । चैत मसान्तसम्म सेवा क्षेत्रमा ९३ उद्योग तथा कम्पनी स्थापना गर्नेगरि लगानी प्रतिवद्धता आएको तथ्यांकमा उल्लेख छ । 

यसैगरि, तेस्रो स्थानमा रहेको उत्पादन क्षेत्रमा भने ३२ उद्योग स्थापना गर्ने गरि लगानी प्रतिवद्धता आएको देखिन्छ । वैदेशिक लगानी प्रतिवद्धतामा यस क्षेत्रको १२ प्रतिशत हिस्सा देखिएको छ । 
यसबाहेक कृषि क्षेत्रमा पाँच, सूचना प्रविधि क्षेत्रमा नौ, पूर्वाधार क्षेत्रमा छ र खानीमा दुई उद्योग स्थापना गर्ने गरि लगानी प्रतिवद्धता आएको विभागको तथ्यांकमा उल्लेख छ । 

विदेशी लगानीकर्ताले लगे नौ अर्ब लाभांश 
समीक्षा अवधीमा नेपालमा लगानी गरेर विदेशी लगानीकर्ताले नौ अर्ब चार करोड ८७ लाख ५२ हजार रुपियाँ लाभांश लगेका छन् । योबाहेक रोयल्टीवापत उनीहरुले थप एक अर्ब ७० करोड १९ लाख ३६ हजार रुपियाँ लगेका छन् । योबाहेक डलरमा एक करोड पाँच लाख ४३ हजार, भारुमा ५५ करोड ४६ लाख १६ हजार र युरोमा १३ हजार ६०० थप रोयल्टी लगेको विभागको भनाई छ । 

null
 

undefined
 

Advertisement

Advertisement