दुई महिनाको विकास खर्च दयनीय, विषमतामा पनि राजश्व संकलन निकै राम्रो

Advertisement

काठमाडौं । चालु आर्थिक बर्षको पहिला दुई महिनाको विकास खर्च निकै दयनीय देखिएको छ । महालेखा नियन्त्रण कार्यालयका अनुसार चालु आर्थिक बर्षको पहिलो दुई महिनामा जम्मा पाँच अर्ब रुपियाँभन्दा कम खर्च भएको छ । 

जबकी सोही अवधिमा कुल बजेट खर्च ७० अर्ब ९७ करोडभन्दा बढि छ, जसमा विकास खर्च जम्मा चार अर्ब ७१ करोड रुपियाँ मात्रै रहेको छ । विकास खर्च हुन नसके पनि साधारण खर्चले पनि गति लिएको देखिन्छ । 

Advertisement

कोरोना महामारी र त्यसलाई नियन्त्रण गर्न विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा जस्ता कुराहरुले विकास खर्च निराशाजनक हुन पुगेको हो । आर्थिक बर्षको सुरुवाती दिनमा विकास खर्च कमै हुने प्रवृत्ति रहे पनि यस बर्ष भने कोरोनाका कारण निकै न्यून रहेको देखिएको छ । 

यस अवधिमा भएको पुँजीगत खर्च चालु खर्च लक्ष्यको ६.८२ प्रतिशत हो भने लक्ष्यको १.३ प्रतिशत मात्रै हो । आर्थिक बर्षको अन्त्यमा काम पनि हतार हतार हुने र भुक्तानी पनि सोही समयमा बढि हुने नेपालको परम्परा रहेको छ । 

यस अवधिमा राजश्व संकलन एक खर्ब पाँच अर्ब रुपियाँभन्दा बढि रहेको छ जुन निकै उत्साहजनक देखिन्छ । जनताहरु कोरोना त्रास र लकडाउन तथा निषेधाज्ञाको मारमा रहेको बेलामा पनि कर तिर्न अग्रसर रहेको देखाउँछ । यो राजश्व संकलनको कुल लक्ष्यको १०.४ प्रतिशत हो । सरकारले यो बर्ष १० खर्ब ११ अर्ब राजश्व उठाउने लक्ष्य लिएको छ । 

Advertisement

Advertisement