ओपो एफ१७ को बिक्री आरम्भ, कति छ मूल्य ?

Advertisement

काठमाडौं । नेपालमा आजदेखि ओपो एफ१७को फस्र्टसेल मार्फत विक्रि खुल्ला गरिएको छ । सेप्टेम्बर २७का दिनओपो एफ१७प्रो, एन्को डब्ल्यू ५१ टीडब्ल्यूएस र ओपो वाट्चेजका साथमा ओपो एफ१७ पनि सार्वजनिक गरिएको थियो । 

सार्वजनिक गरिए तापनि कार्यक्रम मार्फत फोनको फस्र्ट सेल मिति बारे मात्र जानकारी दिइएको थियो । आजदेखि बजारमा उपलब्ध गरिएको ओपो एफ१७ को बजार मूल्य रु. ३३ हजार ९ सय ९० निर्धारण गरिएको छ । जम्मा ७.४५ एमएम मोटाई र १६३   ग्राम वजन रहेको ओपो एफ१७ सिजनकै स्लिकेस्ट फोन भएको कम्पनीको दावी छ ।

Advertisement

ओपोको नेपाल भर रहेका प्रमुख विक्रि केन्द्रहरु मार्फत एफ१७ उपलब्ध गरिएको छ । नेपालमा फोन ८जीबी + १२८ जीबी भ्यारियन्टमा सार्वजनिक गरिएको हो ।

यस्ता छन् विशेषता 
ओपो एफ१७ को एक प्रमुख विशेषता मध्य यसको वजन पनि एक हो । कम्पनी काप्रो भर्जनका तुलनामा एफ१७ मात्र ७.४५ एमएम मोटाइका साथ अझ पातलो बडीमा उपलब्ध गरिएको छ । त्यसैगरी प्रो भन्दा १ ग्राम कम यसको वजन जम्मा १६३ ग्राम रहेको छ । एफ१७ लाई स्न्यापड्रागन ६६२ एसओसी ओक्टा(कोर चिपसेट क्लक्ड एट २जीएचजेडले सञ्चारित गर्छ । उपकरणमा कलर ओएस ७.२ मा आधारित एण्ड्रोइड १० सञ्चालन प्रणालीको ब्यवस्था गरिएको छ ।

ओपो एफ१७ मा सेल्फी क्यामेराका लागि वाटर(ड्रप नोट्चका साथमा ६.४४ ईञ्चको फूल एचडी एमोलेड स्क्रिनको ब्यवस्था गरिएको छ । साथै, फोनमा ईन(डिस्प्ले फिंगरप्रिन्ट स्क्यानर पनि उपलब्ध छ । त्यसैगरी फोनको पछिल्लो भागमा एफ÷२.२ सहित १६एमपी क्षमताको प्राइमरी शुटर ८एमपी वाइड(एंगल क्यामेरा र दूई ओटा मोनो सेन्सर सहित क्वाड(क्यामेरा सेटअप दिइएको छ । त्यसैगरी, फोनको अघिल्लो भागमा १६एमपी क्षमताको शुटरको ब्यवस्था फोनमा रहेको छ । 

यस फोनमा ४,०१५ एमएएच क्षमताको ब्याट्रीका साथै, टाइप(सी पोर्ट मार्फत सपोर्ट हुने ३०वाट फास्ट चार्जिङ प्रविधि पनि उपलब्ध गरिएको छ । नेपाली बजारमा लेडर जस्तो देखिने फिनिशका साथमा नेभी ब्ल्यू र डायनामिक अरेन्ज गरी दूई भिन्न रंगमा फोन उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।
 

Advertisement

Advertisement