डिजिटल वालेटबाट राजश्व भुक्तानी गर्दा बढीमा ३० रुपियाँ लाग्ने

Advertisement

काठमाडौं। नेपाल राष्ट्र बैंकले डिजिटल वालेटबाट राजश्व भुक्तानी गर्दा लाग्ने शुल्क निर्धारण गरेको छ । विद्युतीय भुक्तानी सेवा प्रदायक कम्पनीहरुको डिजिटल वालेट सेवामार्फत सरकारी कोषमा राजस्व दाखिला गर्दा सेवाग्राहीले बढीमा ३० रुपियाँसम्म शुल्क तिर्नुपर्ने हुन्छ । 

राष्ट्र बैंकको शुक्रबार जारी गरेको निर्देशनअनुसार एक हजार रुपियाँसम्म राजश्व बुझाउँदा कुनै पनि शुल्क लाग्ने छैन् । एक हजार एक रुपियाँदेखि तीन हजार रुपियाँसम्मका लागि पाँच रुपियाँ, तीन हजार एकदेखि दश हजार रुपियाँसम्म १० रुपियाँ शुल्क लाग्नेछ भने १० हजार एक रुपियाँदेखि माथि ३० रुपियाँ शुल्क लाग्नेछ । 

Advertisement


करदाताहरुको सुविधाका लागि वालेटमार्फत पनि राजश्व भुक्तानी गर्न सकिने कानुनी व्यवस्था गरेको राष्ट्र बैंकले फन्ड ट्रान्सफर तथा भुक्तानी सीमा सम्बन्धी कानुनी ब्यवस्थामा राजस्व भुक्तानी शुल्क थप गरेको हो । यसरी तोकिएको शुल्क आउँदा माघ १ गतेबाट मात्रै लागू हुनेछ । त्यसअघि कुनै पनि शुल्क नलाग्ने जनाइएको छ । 

Advertisement

Advertisement