प्रधानमन्त्रीलाई डा. केसीको जवाफ- पर्दैन ! मेरो उपचार खर्च म आफै व्यहोर्छु

Advertisement

काठमाडौं । डाक्टर गोविन्द केसीले आफ्नो उपचार खर्च सरकारले व्यहोर्नुनपर्ने बताएका छन् । प्रधानमन्त्री केपी ओलीले डा. केसीको उपचार गर्न व्यहोर्ने भन्दै ट्वीट गरेपछि डा. केसीको त्यस्तो प्रतिउत्तर आएको हो । 

शनिबार बिहान प्रधानमन्त्री ओलीले कोरोना संक्रमित डा. केसीलाई स्वास्थ्य लाभको कामना गर्दै सम्पूर्ण उपचार खर्च बेहोर्ने बताएका थिए । त्यसपछि केसीले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट विज्ञप्ति जारी गर्दै आफ्नो खर्च आफै बेहोर्ने बताएका हुन् । 

Advertisement

उनले भनेका छन्, ुम कोभिड १९ बाट संक्रमित भएपछि प्रम केपी ओलीले दिनुभएको स्वास्थ्यलाभको शुभकामना सन्देशका लागि हार्दिक धन्यवाद दिन चाहन्छु। सरकारले मेरो उपचार खर्च बेहोर्छु भनेको सन्दर्भमा भने मेरो उपचार खर्च म आफै बेहोर्छु । बरु सरकारले आफ्ना नागरिकप्रतिको कर्तव्य पूरा गरोस् ।’

कोरोनाको लक्षण देखिएपछि बिहीबार गरिएको पीसीआर परीक्षणमा डा. केसीलाई कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई रुघाखोकी लाग्नुका साथै ज्वरोसमेत आएपछि अस्पताल भर्ना भएका छन् । 

Advertisement

Advertisement