विमानस्थलको सुरक्षामा अहिले सुरक्षा युनिटप्रति पर्यटनमन्त्रीको अविश्वास

Advertisement

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले विमानस्थलको सुरक्षाका लागि अहिलेको सरक्षा युनिटप्रति अविश्वास प्रकट गरेका छन् । उनले छुट्टै सुरक्षा युनिट गठन गर्नुपर्ने बताएका छन् । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माण भएको सुरक्षा गार्ड भवनको उदघाटनका क्रममा भट्टराईले विमानस्थलको सुरक्षाका लागि छुट्टै सुरक्षा इकाईको आवश्यकता रहेको बताएका हुन् । 

Advertisement

अन्तर्राष्ट्रिय अपराधिक क्रियाकलापसँग र त्यस्ता संगठनहरुसँग नजिक भएका व्यक्तिहरु समेत विमानस्थलबाट आवतजावत गर्ने सम्भावना भएकाले त्यसको नियन्त्रणका लागि छुट्टै विशिष्टिकृत तालिम प्राप्त सुरक्षा युनिट आवश्यकता पर्ने भन्दै उनले त्यसका लागि आफूले सुरक्षा अंगहरु र सम्बन्धित मन्त्रालयसँग ‘विमानस्थल सुरक्षा प्रहरी’ नाम दिइएको छुट्टै सुरक्षा युनिट गठन गर्ने सम्बन्धमा छलफल अगाडी बढाएको खुलाएका छन् । 

मन्त्री भट्टराईले दक्षिण र उत्तरतर्फको सीमाना नजिक रहेको कतिपय विमानस्थल बढि संवेदनशील रहेको पनि बताएका छन् । उनले विमानस्थलको संख्या बढ्दै गएको र उडान संख्या पनि बढ्दै जाने भएकाले देशभरका विमानस्थलको सुरक्षा संवेदनशिलतालाई हेरेर छुट्टै सुरक्षा युनिट स्थापना गर्नुपर्ने औंल्याए । 

Advertisement

Advertisement