होटल एशोसियशनका निवर्तमान अध्यक्ष शाक्यको निधन

Advertisement

काठमाडौं । होटेल संघ नेपाल (हान)का निवर्तमान अध्यक्ष अमरमान शाक्यको मृत्यु भएको छ । कोरोना संक्रमणपछि अस्पताल भर्ना भएका शाक्यको शुक्रबार बिहान निधन भएको हो । 

सत्तरी बर्षीय शाक्यको ओम अस्पतालमा मृत्यु भएको उनी निकट पर्यटन व्यवसायीले जनाएका छन् । दसैँपछि कोरोना संक्रमण पुष्टि भएका शाक्यमा निमोनियाँ देखिएको थियो ।

Advertisement

सोल्टिमोडस्थित अमर होटेलका संचालक रहेका शाक्य एक छोरा डाक्टर हुन् । छोराकै निगरानीमा उपचार गराइरहेका उनी केही दिनदेखि स्वास्थ बिग्रिएपछि अस्पताल भर्ना गरिएको थियो । 

Advertisement

Advertisement