‘सबैभन्दा बढि कर तिर्नेमा चुरोट र रक्सी व्यापारी, अब आएन न त समाजबाद !’

Advertisement

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले मुलुकको राजश्व संकलनको स्थितिलाई औंल्याउँदै मुलुकको अर्थतन्त्रको बारेमा टिप्पणी गरेका छन् । 

आन्तरिक राजश्व विभागले आइतबार सार्वजनिक गरेको धेरै कर तिर्नेहरुको सुचीलाई देखाउँदै अहिलेको राजश्व संकलन र खर्चको तरिकाले समाजवादमा पुग्न नसकिने तर्क गरेका छन् । 

Advertisement

बाबुराम भन्छन्, ‘हाम्रो अर्थतन्त्रको पाराः सबभन्दा बढी राजस्व तिर्ने– चुरोट र रक्सी व्यवसायी ! अनि रेमिटेन्स कारोबारी ! अनि विदेशी गाडी आयातकर्ता ! अनि अस्पताल संचालक ! इ.इ. ! त्यो आन्तरिक राजस्व राज्य संचालन गर्नेहरूको तलबभत्ता लगायत साधारण खर्चका निम्ति ठीक्क ! अब आएन त समाजवाद ! हाम्रो विमर्शमा अर्थराजनीति खै !

हाम्रो अर्थतन्त्रको पारा:सबभन्दा बढी राजस्व तिर्ने- चुरोट र रक्सी व्यवसायी!अनि रेमिटेन्स कारोबारी!अनि विदेशी गाडी आयातकर्ता!अनि अस्पताल संचालक!इ.इ.!त्यो आन्तरिक राजस्व राज्यसंचालन गर्नेहरूको तलबभत्ता लगायत साधारण खर्चनिम्ति ठीक्क! अब आएन त समाजवाद? हाम्रो विमर्शमा अर्थराजनीति खै?

— Baburam Bhattarai (@brb1954) November 23, 2020

Advertisement

Advertisement