पिपुल्स पावरको आईपीओ आउँदै, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

Advertisement

काठमाडौँ । पिपुल्स पावर लिमिटेडले साधारण शेयर(आईपीओ) सार्वजनिक निष्काशन गर्ने कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । 

सो सम्बन्धी सम्झौता आज सम्पन्न भएको हो । सम्झौतामा पिपुल्स पावर लिमिटेडका तर्फबाट सञ्चालक सन्तोषराज नेपाल र प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् । 

Advertisement

पिपुल्स पावर लिमिटेडले इलाम जिल्लाको इलाम नगरपालिकामा अवस्थित पुवाखोलामा ४.९६ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाको भौतिक प्रगति ८० प्रतिशत सम्पन्न भइसकेको छ । 
 

Advertisement

Advertisement