महासंघमा कोषाध्यक्षमा सहमति हुन नसकेपछि निर्वाचन, सुकुन्तलाल विजयी

Advertisement

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको कोषाध्क्षमा सुकुन्तलाल हिराचन निर्वाचित भएका छन् । कोषाध्यक्ष चयनका लागि सोमबार महासंघको कार्यसमितिभित्र भएको मतदानमा हिराचनको पक्षमा ४० र डीबी बस्नेतको पक्षमा ३१ मत खस्यो । हिराचन शेखर गोल्छा पक्षका हुन भने बस्नेत चन्द्र ढकाल समूहका । 

महासंघका अध्यक्ष तथा वरिष्ठ उपाध्यक्षहरुले चुनाब सकिएकाले महासंघमा अब कुनै गुट छैन भन्दै मिलेर काम गर्ने बताए पनि कार्यभार सम्हालेको भोलिपल्टै गुट देखिएको छ । कोषाध्यक्ष चयनमा दुई पक्षबीच कुरा नमिलेपछि निर्वाचन प्रक्रियाबाट चयन गरिएको हो । 

Advertisement

आजको निर्वाचनमा कार्यसमितिका एक सदस्य हिरा शाह भने उपस्थित भएनन् । त्यस्तै, एशोसियट सदस्यमा बराबर मत ल्याएका मंगेशलाल श्रेष्ठ र विराट थापाले आधा आधा कार्यकाल बाँड्ने सहमति गरेका छन् । सहमतिअनुसार मंगेशलालले पहिलो आधा कार्यकाल सदस्य रहनेछन् । 

Advertisement

Advertisement