एमसीसी पास गर्न नपाएको झोकमा ओलीले संसद विघटन गरेः गजुरेल

Advertisement

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का नेता सिपी गजुरेलले ओलीका असंवैधानिक कदमहरुसँगै देशमा गम्भीर खालका नयाँ षड्यन्त्रहरु उजागर हुँदै गएको बताएका छन् । संवाद डबलीमा शनिबार उनले संसद पुनस्थापना नेपाली जनताको नीम्ति घातकसिद्ध भइसकेको जिकिर गदै । 

गजुरेलले भने, ‘ओलीको ठाउँमा प्रचण्ड भन्छन, उनी कति फटाहा छन् ? नचिनेको होइन । देउवा झन् कति घातक छन् जसले जनयुद्धमा क्रान्तिकारीहरुका टाउकाको मूल्य तोके ।’ उनले माओवादी केन्द्रले ल्याएको ‘राजनीतिक जनपरामर्श सम्मेलन्’ अबको विकल्प भएको बताए । 

Advertisement

क्रान्तिकारीहरु एक भएर आन्दोलन्मार्फत देशलाई निकास दिनुपर्ने भन्दै गजुरेलले राष्ट्रघाती काम र एमसीसी पास गर्न नपाएको झोकमा केपी ओलीले संसद विघटन गरेको आरोप लगाए । उनले भने, ‘एकजना टोपबहादुर रायमाझी भन्ने मान्छे भोटेकुकुर जस्तै एमसीसीको पक्षमा भुक्न थालिसकेको छ, चुच्चे नक्सा लुकाउन थालेका छन् ।’

पूर्वजर्नेल प्रेम सिंह बस्नेतले आफू यस देशका कुनै पनि पक्षमा नरहेको भए पनि देशभक्तहरुको निम्ति जहिले वकालत गर्ने र आवश्यक परे सबै किसिमको साथ र सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे । 

पुनः अस्थिरतातर्फ देश मोडिनु दुर्भाग्य भएको बताउँदै उनले नेताहरुलाई प्रश्न गरे,‘केपी ओली कम्रेड, प्रचण्ड कम्रेड खोइत तपाईहरुसँग कम्रेडीपना ? तपाईहरु हाम्रा देशभक्त राष्ट्र निर्माता पृथ्वी नारायणहरुलाई गाली गर्नुहुन्छ, तपाईहरुले देश बिगार्नबाहेक के गर्नु भयो ?”

Advertisement

Advertisement