बाबुरामले परराष्ट्रमन्त्रीलाई भने– कुबेला भारत भ्रमण गर्यौ, रित्तो कुटुरो बोकेर फर्कियौ

Advertisement

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कुबेलामा भारत भ्रमण गरेकाले भ्रमण सफल हुन नसकेको तर्क गरेका छन् । 

शनिबार राति ट्वीट गर्दै उनले लेखेका छन्, ‘विदेशमन्त्री ज्ञवाली कुवेलाको भारतभ्रमणपछि ‘कुराकानी भएको’ ‘छलफल भएको’ ‘विचारको आदानप्रदान भएको’ ‘गतिदिने सहमति भएको’ ‘प्राथमिकतामा राख्ने सहमति भएको’आदि रित्तो कुटुरो बोकेर फर्कनुभएछ ! देशको जटील भूराजनीतिक स्थिति नबुझी कैले बुरूक्क उफ्रिने र कैले लम्पसार पर्नेको हालत यस्तै हुन्छ !

Advertisement

बाबुरामले परराष्ट्रमन्त्रीलाई विदेशमन्त्री लेख्नु पनि अर्थपूर्ण देखिन्छ । भारत परराष्ट्रमन्त्री नभनी विदेशमन्त्री भनिन्छ । नेपाली भूमि अतिक्रमणको विषयमा ज्ञवालीको अहिलेको भारत भ्रमणमा ठोस कुराकानी हुने जनताले आशा गरे पनि त्यो विषयमा भारतले कुरा गर्न नमानेको खुलासा भएको छ । 

Advertisement

Advertisement