मलाई ‘केटो’ भन्ने ? तिम्रोभन्दा धेरै भोट ल्याएर जितेको हुँः योगेश

Advertisement

रामेछाप । नेकपा (प्रचण्ड–माधव) समूहका युवा नेता योगेश भट्टराईले आफूलाई प्रधानमन्त्री केपी ओलीले केटो भनेकोमा आपत्ति जनाएका छन् । आइतबार रामेछापको मन्थलीमा आयोजित सभामा उनले आफूलाई नभेप्न पनि चेतावनी दिए । 

ओलीले भन्दा बढी मत ल्याएर जितेको सांसद हुँ भन्दै योगेशले केटो भनेर नहेप्‍न चेतावनी दिएका हुन । उनले भने, ‘म प्रधानमन्त्री केपी ओलीभन्दा बढी भोट ल्याएर जितेको सांसद हुँ, उहाँसँगै लामो समयदेखि एकै कमिटीमा रहेर काम गर्दै आएको छु मलाई केटो भनेर जिस्क्याउने ?’ 

Advertisement

उनले हो म केटै हो, मेरो लिङ्ग छुट्टिएको छ भन्दै थपे, ‘केटोको पहिचानसहित उभिएर बोल्दैछु उहाँ केपी ओलीको छुट्टिएको छैन होला ।’ प्रधानमन्त्री केपी ओलीको स्कुलमा भर्ना नहुन आग्रह गर्दै योगेशले ओलीको स्कुलमा मर्यादा नसिकाइँने, इमान्दारिता नसिकिने बताए । 

नेकपाको स्पष्ट बहुमत भएको प्रतिनिधिसभालाई असंवैधानिक कदमबाट विघटन गर्ने प्रधानमन्त्री केपी ओलीले कुन नैतिकताले फेरि प्रतिनिधिसभा माग गर्ने अधिकार छ ? भन्दै उनले भने, ‘प्रधानमन्त्रीको नैतिकता छैन, उहाँ जाली काम गर्दै आउनुभएको छ । संसद विघटन गर्ने अधिकार नहुँदा नहुँदै पनि मुलुकलाई अस्थिरतातिर लान प्रधानमन्त्रीले असंवैधानिक कदम उठाए ।’

Advertisement

Advertisement