राष्ट्रिय महिला लिग फुटबलः सावित्राको ह्याट्रिकमा एपिएफ विजयी

Advertisement

काठमाडौँ । राष्ट्रिय महिला लिग फुटबलअन्तर्गत बिहीबार भएको खेलमा सावित्रा भण्डारीको ह्याट्रिक मद्दतमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लब विजयी भएको छ । एफिएफ क्लबले चन्द्रपुर नगरपालिकालाई ६–० गोलले पराजित गरेको हो ।     
     
सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा एपिएफले खेलको १४औँ मिनेटमा खेलमा अग्रता लिएको थियो । उसका लागि भण्डारीले पहिलो गोल गरेकी थिइन् । खेलको २२औँ मिनेटमा एपिएफले थप एक गोल गरेको थियो । मध्यान्तरपछिको खेलमा एपिएफका लागि खेलको ६१औँ मिनेटमा भण्डारीले नै गोल गरेकी थिइन् । लगत्तै एपिएफका लागि अनिता बस्नेतले गोल गरिन । खेलको ७१ औँ मिनेटमा एपिएफका लागि पाँचौ गोल भण्डारीले नै गरिन भने खेलको ८९ औँ मिनेटमा एपिएफका लागि छैटौँ गोल प्रिती राईले गरेकी थिइन् ।     
     
वालिङ र विराटनगरले अङ्क बाँडे     
     
राष्ट्रिय महिला लिगकै आज भएको अर्को खेलमा विराटनगर र वालिङबीचको खेल बराबरीमा सकिएको थियो । सातदोबाटोस्थित एन्फा मैदानमा सम्पन्न खेलमा दुवै टोलीले एक एक गोल गरेका थिए । खेलको दोस्रो मिनेटमा वालिङका लागि सञ्जना शर्माले गोल गरेकी थिइन । यस्तै मध्यान्तरपछिको खेलमा विराटनगरका लागि खेलको ६२औँ मिनेटमा आशा कुमारीले गोल गरिन । त्यसपछि दुवै टोलीले गोल गर्न सकेनन् । बराबरीपछि विराटनगर र वालिङले एक एक अङ्क बाँडेका छन् ।
 

Advertisement

Advertisement

Advertisement