महालक्ष्मी लाइफको एजीएम फागुन ३ गते, ६० करोड रुपियाँको आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरिंदै

Advertisement

काठमाडौँ । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको तेश्रो वार्षिक साधारण सभा फागुन ३ गते हुने भएको छ । बुधबार बसेको सञ्चालक समितिको बैठकले बिहान ११ बजे होटल र्याडिसन लाजिम्पाटमा साधारण सभा गर्ने निर्णय गरेको हो । 

साधारण सभाले लेखा परीक्षकको प्रतिवेदन सहितको २०७६ लास असार मसान्तको वासलात, सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७५/७६ को आय व्यय हिसाव, नाफा÷नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण पारित गर्नेछ । कम्पनीको सञ्चालक समितिमा संस्थापक शेयरधनीका तर्फबाट ५ जना निर्वाचित गर्नेछ । 

Advertisement

साधारण सभामा कम्पनीले ६० करोड रुपियाँ बराबरको ६० लाख कित्ता सर्वसाधारण शेयर(आईपीओ) निष्काशन सम्बन्धी प्रस्ताव पारित गर्नेछ । हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ४० करोड रुपियाँ छ । आईपीओ बिक्री पछि चुक्ता पूँजी २ अर्ब पुग्नेछ ।      
 

Advertisement

Advertisement