नागरिक लगानी कोषको यस्तो छ दोस्रो त्रैमाससम्मको वित्तीय अवस्था

Advertisement

काठमाडौं ।  नागरिक लगानी कोषले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आउदा ३२ करोड २५ लाख ९५ हजार रुपियाँ नाफा आर्जन गरेको छ । कोषको नाफा गत वर्षको यसै अवधिको भन्दा ८.५४ प्रतिशतले बढेको हो । 


गत वर्षको यसै अवधिमा कोषको नाफा २९ करोड ७२ लाख पाँच हजार रुपियाँ रहेको कम्पनीले जानकारी दिएको छ । यस अवधिका कोषको ब्याज आम्दानी सात करोड ६५ लाख सात हजार रुपियाँ रहेको छ ।
 
कोषको ब्याज आम्दानी गत वर्षको यस त्रैमासम्मको भन्दा एक करोड ५० लाख सात हजार रुपियाँले धेरै हो । गत वर्षको यस त्रैमाससम्म कम्पनीको ब्याज आम्दानी पाँच करोड २५ लाख रुपियाँ थियो । 

Advertisement

कोषको गत वर्षको यस अवधिमा ४५ करोड रुपैयाँ रहेको सेवा शुल्क तथा कमिसन आम्दानी यस वर्ष बढेर ४८ करोड १९ लाख भएको छ । हाल कम्पनीको सेयर पुँजी १ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष सेयर पुँजी १ अर्ब ३४ करोड रुपैयाँ रहेको थियो । जगेडा कोषमा भने १३ अर्ब ७ करोड रुपैयाँ छ ।
 
पुस मसान्तसम्म कोषले मुद्दति निक्षेपमा १ खर्ब १ अर्ब रुपैयाँ राखेको छ भने संगठित संस्थाको सेयरमा लगानी १२ अर्ब ८३ करोड रुपैयाँ गरेको छ । नेपाल सरकारको ऋणपत्रमा एक अर्ब पाँच करोड रुपैयाँ लगानी रहेको छ । 

नागरिक लगानी कोषको प्रतिसेयर आम्दानी ३६ रुपैयाँ (वार्षिक) र प्रतिसेयर नेटवर्थ २४८ रुपैयाँ रहेको छ । अघिल्लो वर्ष यसैअवधिमा प्रतिसेयर आम्दानी ३८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ २४५ रुपैयाँ थियो ।

Advertisement

Advertisement