पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेविसंघपछि अनेरास्ववियु (प्रचण्ड–माधव समूह) पनि
तस्वीरः अशोक भण्डारी

Advertisement

काठमाडौं । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा नेपाली काँग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ)सँगै नेकपा प्रचण्ड–माधव समूहनिकट विद्यार्थी संगठन अनेरास्ववियु पनि आन्दोलनमा उत्रिएको छ । 

नेपाल आयल निगमले  अन्तर्राष्ट्रिय बजार भाउअनुसार मूल्ःय समायोजन गर्न भन्दै पटक पटक मूल्य बढाएपछि अनेरास्ववियु (प्रचण्ड–माधव समूह) विरोध प्रदर्शनमा उत्रिएको हो । बुधबार नेविसंघले विभिन्न क्याम्पस अगाडि विरोध प्रदर्शन गरेका थिए भने बिहीबार अनेरास्ववियु (प्रचण्ड–माधव समूह)का विद्यार्थीहरु प्रदर्शनमा उत्रिए । 

Advertisement

उनीहरुले आज बिहान प्रदर्शनी मार्गस्थित रत्नराज्य क्याम्पसअगाडि विरोध प्रदर्शन गरे । प्रदर्शनकारीले पेट्रोलियममा गरिएको मूल्यवृद्धि सरकारले तत्काल फिर्ता लिनुपर्ने, पेट्रोलियम पदार्थमा लगाइएको चर्को कर घटाउनुपर्ने भन्दै इन्धनमा गरिएको मूल्यवृद्धिका कारण अन्य वस्तुको पनि मूल्य बढ्ने भएकाले मूल्यवृद्धिको निर्णय फिर्ता हुनुपर्ने माग राखेका थिए । 

निगमले पछिल्लो पटक गरेको मूल्यवृद्धि अनुसार पेट्रोल प्रतिलिटर ११४ रुपियाँ, डिजेल र मट्टितेल ९७–९७ रुपियाँ, हवाई इन्धन ६७ रुीपयाँ पुगेको छ । 

Advertisement

Advertisement