परामर्श शुल्क बढाउने चिकित्सक संघको निर्णयलाई स्वास्थ्य मन्त्रालयले स्वीकार्न मानेन्

Advertisement

काठमाडौं । बिना परामर्श चिकित्सकहरुको परामर्श तथा जाँच शुल्क वृद्धि गरिएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सकहरुको परामर्श वृद्धि गर्ने निर्णयप्रति असहमति जनाएको छ ।

नेपाल चिकिसत्क संघ र निजी अस्पतालहरुको छाता संगठन अफिनले बुधबारदेखि लागू हुने गरी विरामी चेकजाँच गर्दा दिने परामर्श शुल्क बृद्धि गर्ने निर्णय गरे पनि त्यसलाई लागू गर्ने कुरामा मन्त्रालयले असहमति जनाएको हो । 

Advertisement

संघले चिकित्सकको परामर्श शुल्क ३७० देखि ८२५ रुपियाँ बढाउने निर्णय गरेको थियो । यसमा अस्पतालले समेत २० प्रतिशतसम्म शुल्क थपेर बिरामीसँग लिन सक्नेछ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्री हृदयश त्रिपाठीले चिकित्सक तथा निजी अस्पतालहरुलाई शुल्क निर्धारण गर्ने अधिकार नरहेको बताए । 

Advertisement

Advertisement