नयाँ निशान म्यागनाइटको देशभर बुकिङ खुल्ला, मूल्य रु. २९ लाख ४९ हजार

Advertisement

काठमाडौं । पायोनियर मोटो कर्प प्रा.लि.ले नयाँ निशान म्यागनाइटको मूल्य सार्वजनिक गर्दै नेपालभरीका सबै डिलरहरुमार्फत बुकिङ खुल्ला गरेको छ । कम्पनीले सोमबार एक कार्यक्रम गरी यसको बुकिङ खुल्ला गरेको हो । ग्राहकहरुले निशास नेपालको वेभसाइटमा गएर यस एसयूभीको बुकिङ गर्नसक्ने छन् ।

नेपाली बजारमा निशान म्याग्नेसाइटको मूल्य २९ लाख ४९ हजार रुपियाँ रहेको छ । यी गाडिहरु बिग, बोल्ड, ब्युटिफुल र अति आकर्षक रहेको कम्पनीको भनाई छ । निशान मोटर इण्डियाका अध्यक्ष तथा दक्षिण एसिया बजारका इन्चार्ज सिनन ओजकोकका अनुसार निशासन म्यागनाइटले निशान नेस्क्टको नेपाली र विश्व बजारका लागि तय गरिएको रणनीतिमा नयाँ अध्यायको सुरुवात गर्दछ । 

Advertisement

‘मेक इन इण्डिया, मेक फर द वल्ड’को नारासहित नयाँ निशान म्यागनाइटमा २० वटाभन्दा बढि प्रथम श्रेणी र वेष्ट–इन–सेगमेन्टका सुविधाहरु रहेको र यसले उपभोक्ताहरुलाई नविनतम् रुपमा आधिकारिकता अनुभव गर्ने अवसर प्रदान गर्ने कम्पनीको भनाई छ । 

निशान म्यागनाइटमा प्रख्यात क्रुज कन्ट्रोल र ३६० डिग्री भ्यू जस्ता प्रविधिहरु समावेश छन् । यसका हरेक मोडलहरु नेपाली प्रयोगकर्ताको आकांक्षा पूरा गर्ने ढंगबाट गहनताका साथ डिजाइन गरिएको पायोनियर मोटो कर्पका प्रवन्ध निर्देशक संदीपकुमार शारदाको भनाई छ । यस गाडिले नेपाली बजारमा गेम चेन्जरको भूमिका निर्वाह गर्ने उनले आशा व्यक्त गरे । 

Advertisement

Advertisement