बार्षिकोत्सवको अवसरमा चेम्बरद्धारा निबन्ध लेखन र चित्रकला प्रतियोगिता आयोजना

Advertisement

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आफ्नो ७०औं बार्षिकोत्सवको अवसरमा उक्र संस्थाअन्तर्गतको नेपाल युथ चेम्बरले निवन्ध लेखन तथा चित्रकला प्रतियोगिताको आयोजना गरेको छ । 

कार्यक्रमको प्रमुख अतिथि रहेका नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षत्रीले  प्रतियोगितामा प्रथम, द्धितीय तथा तृतीय हुनेहरुलाइ पुरस्कार प्रदान गरेका थिए । उनले युवाहरुबाट सिर्जित चित्रकलाहरु अवलोकन गर्दा नयाँ पुस्ता बढि जिम्मेवार, दुरदर्शी तथा परिपक्वता झल्किएको महशुस गरेको बताए । 

Advertisement

प्रतियोगीहरुमा उच्चकोटीको कलाकारमा हुने गुण रहेको र कलाकारहरुवाट प्रस्तुत ल्याण्डस्केप, रंगको संयोजनहरुबाट आफूले नवीन ज्ञान पाएको उनको भनाई थियो । थापाले मुलुककको समृद्धिको लागि चेम्वरले थप योगदान दिने विश्वास व्यक्त गरे । 

चेम्बरका राजेशकाजी श्रेष्ठले कलाकारहरुबाट सिर्जित कलाकृतिहरुलाई अवलोकन गरी यसलाई मनन गर्न आग्रह गरे । आजको कलाकृतिहरुमा ७० वर्ष अघिको व्यापार प्रणाली तथा ३० वर्ष पछिको व्यापार प्रणालीको तुलनात्मक रुपमा प्रतिबिम्वित भएको बताए । 

नेपाल युथ चेम्वरका उपाध्यक्ष नेहा श्रेष्ठ अमात्यले नेपाल युथ चेम्वरको भूमिकाबारे बताइन् । कार्यक्रमले युवाहरुमा निहीत प्रतिभाको उजागर गरी प्रोत्साहन गर्ने उनले बताइन् । 

पुरस्कृत हुनेहरुमा ‘आजको ३० वर्षपछिको समृद्ध नेपाल’ शीर्षकको चित्रकला प्रतियोगितामा विवेक लामा, टासी सलाका शेर्पा तथा सोनाम घो क्रमशः प्रथम, द्धितीय तथा तृतीय भए । यसैगरी ‘७० वर्ष अघिको नेपाली व्यवसाय’ शीर्षकमा कृष्णभक्त डंगोल, रुवी महर्जन तथा छोङ लामा क्रमशः प्रथम, द्धितीय तथा तृतीय भए । 

निवन्ध प्रतियोगितामा दीपक अधिकारी, दिपेन्द्र अधिकारी रवीकुमार वरुवाल क्रमशः प्रथम द्धितीय तथा तुतीय भए । चतुर्थ तथा पाचौं स्थान हासिल गर्ने बिनिता थापा, सोनाम मोक्तान, एजन आले मगर रामकृष्ण वोगटी तथा अशोक मिश्रलाइ सान्त्वना पुरस्कार प्रदान गरिएको थियो । 

कार्यक्रमलाई संयोजन गर्ने काम पशुपती मित्र क्याम्पस तथा ललितकला क्याम्पसका क्याम्पस प्रमुख क्रमशः चन्द्रप्रसाद पन्त तथा डा. रमेश पोखरेलले गरेका थिए । निवन्ध प्रतियोगिताको निर्णायक मण्डलका कुवेर चालिसे, प्रमोद गिरी तथा नवराज चालिसे एवम चित्रकला प्रतियोगिताका निर्णायक मण्डलका सरगंगा दर्शनधारी, सागर मानन्धर तथा राधेश्याम मुल्मीलाइ प्रसंशापत्र प्रदान गरिएको थियो । नेपाल युथ चेम्वरका अध्यक्ष दीपेशरत्न तुलाधरले धन्यबाद ज्ञापन गरे । 

सो अवसरमा नेपाल चेम्वर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल, उपाध्यक्ष कमलेशकुमार अग्रवाल तथा दीपक मल्होत्रा, महानगरीय प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक उमेश रंजितकार, महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी बरिष्ठ उपरीक्षक अशोक सिंह सहभागी थिए । 

Advertisement

Advertisement