एकैचोटी ३६ सीडीओसहित ५२ जनाको सरुवा

Advertisement

काठमाडौं । गृह मन्त्रालयले एकैपटक ५२ प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा गरेको छ। शुक्रबार मन्त्रालयले विभिन्न जिल्लामा कार्यरत सिडिओ र सहायक सिडिओको सरुवा गरेको हो । 

गृहमन्त्री राम बहादुर थापा ‘बादल’ ले ५२ सहसचिव तथा उपसचिवको सरुवा, काजसरुवा र पदस्थापन गर्ने निर्णय गरेका हुन् । सरुवा भएकामध्ये २५ जना सहसचिव र बाँकी २७ उपसचिव छन् ।

Advertisement

सरुवा भएकामध्ये अधिकांशलाई अन्तर जिल्ला सरुवा गरिएको छ, केहीलाई मन्त्रालय अन्तर्गतका कार्यालयमा काज र केहीलाई पदस्थापन गरिएको छ ।


 

Advertisement

Advertisement