‘संसदमा गुर्रर्र कुँदेका छन्, कराएका छन्, उफ्रिएका छन्, के धामी नाच गर्या हो ?’

Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले अर्जुनले माछाको आँखा देखे जस्तै केही मानिसहरुले पदभन्दा केही नदेखेको बताएका छन् । १११औं अन्तर्राष्ट्रिय महिला दिवसको कार्यक्रममा सोमबार उनले आइतबार ‘प्रधानमन्त्री कुन पार्टीको हो ?’ भनेर संसदमा सोधिएकोप्रति पनि आश्चर्य प्रकट गरे । 

ओलीले भने, ‘हिजो मैले बोलिन् । प्रधानमन्त्री कुट पार्टीको हो ? भनेर सोधिएछ । अब मैले उहाँहरुलाई सोध्नुनपरोस्, उहाँहरु कुन पार्टीको हो ? भनेर ।’ प्रचण्ड–माधव समूहका नेता भीम रावलले संसदमा बोल्दै सर्वोच्च अदालतको आदेशपछि प्रधानमन्त्रीको पार्टी नरहेको जिकिर गरेका थिए । 

Advertisement

प्रचण्ड–माधव समूहले आफूलाई नेकपाको साधारण सदस्यबाट पनि निकालेको सुनाउँदै ओलीले भने, ‘म साधारण सदस्य पनि होइन् नेकपाको । अदालतले भन्यो म कुन पार्टीको सदस्य हो, कुन पार्टीको अध्यक्ष हो ।’ अदालतले भनेको पनि नसुन्ने ? भन्दै उनले प्रश्न गरे । सर्वोच्च अदालतले भन्दा पनि सुन्न र देख्न नचाहानेहरुलाई ओली कुन पार्टीको हो ? भनेर अदालतमा सोध्न जान उनले चुनौति पनि दिए । 

चुनाव गरेर राम्रो सरकार बन्थ्यो तर मुद्दा हालेर उनीहरुले रोके भन्दै प्रधानमन्त्री ओलीले संसद पुनःस्थापना किन गरेको रहेछ ? भने उफ्रिन, नारा लगाउन, कराउन, अध्यादेश पेश गर्न नदिन भने । उनले भने, ‘छलफल गरेको हो कि ? उफ्रिएको हो कि ? धामी नाच हो कि ? हिजो पहिलो दिन संसद सुरु भएको छ । गुर्रर्र कुँदेर आएर रोयलमा नारा लगाएका छन् । कराएका छन् । के बिग्रियोत भन्दा सरकारले एसिडविरुद्धको अध्यादेश टेबुल गर्न आट्यो...।’ फेल गरे भैगोनी सक्छौ भने । फेल गर्ने आँट कसैको छ ? 

एउटा फैसलामा अदालतको जयजयकार गर्नेहरुले अर्को फैसला गर्दा राजनीतिमा हात हाल्न पाइन्छ ? भन्दै प्रश्न उठाउने काम गरिएको ओलीले बताए । उनले आफूले मुद्दा हारे पनि सम्मान गरेको बताउँदै आफूले संसद विघटन गरेर चुनाव गराउन खोजे पनि दूर दिन देख्नलाई पुनःस्थापित भएको बताए । 

महिलाहरुले न्यायका लागि बगाएको आँशु एकै ठाउँ जोड्ने हो भने एउटा खोलो हुन्थ्योहोला भन्दै प्रधानमन्त्री ओलीले महिलाहरुले संगठित नै हुन नपाई घरघरमा असमानता, अन्याय, तिरस्कारविरुद्ध लामो समयदेखि संघर्ष गर्दै आउनु परेको बताए । 

उनले अहिले मानिस मानिसहरु अन्त रिस उठ्यो भने श्रीमतीसँग लगेर पोख्ने प्रवृत्ति रहेको उदाहरण दिँदै महिलाको समस्या सोचेभन्दा गम्भीर रहेको बताए । यसको समाधानको चुनौति पनि सोचेभन्दा बढि रहेकोा ओलीले बताए । 

देशमा धेरै परिवर्तन आइसकेको र हिजो जस्तो जीवनभर आँशु लिएर बिताउनुपर्ने अवस्था अहिले छैन भन्दै उनले तैपनि पीडा बाँकी रहेको र त्यसलाई समाप्त पानुपर्ने जरुरी रहेको बताए । सिर्जनाका मुहान महिलाहरुमाथिको अन्याय र असमानता चाँडै अन्त्य गर्नसक्नुपर्ने बताए । जुनसुकै ओहोदाको वा डिग्री लिएको वा सम्पत्तिवाल भए पनि महिलामाथि विभेद गर्छ भने त्यो असभ्य भएको ओलीको भनाई थियो । 

न्यूयोर्कका महिलाहरुले गरेको संघर्षको इतिहास लेखियो, तर हाम्रा महिलाहरुले गरेको संघर्षको इतिहास लेखिएन् भन्दै उनले त्योभन्दा अघिदेखि नै नेपाली महिलाहरुले संघर्ष गर्दै आए पनि त्यो इतिहास लेखिएको छैन् भने । विश्वको सबैभन्दा पूरानो ग्रन्थ बेदमा ‘जहाँँ नारीलाई पुजिन्छ, त्यहाँ देवता रमाउँछन्’ भनेर लेखिएको उल्लेख गर्दै उनले पछिल्लो सामन्तवादी समाजमा मात्रै महिलाहरुमाथि विभेद हुन थालेको बताए । 

२०५२ सालमा तत्कालिन नेतृ (हालकी राष्ट्रपति) विद्या भण्डारीले चलाएको अभियानका कारण स्थानीय तहमा २० प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित भएको बताउँदै ओलीले पछि भण्डारीले नै ३३ प्रतिशत प्रतिनिधित्वको अभियान अघि बढाएको बताए । पछिल्ला दिनमा धेरै क्षेत्रमा महिलाहरुको प्रतिभा प्रस्फुटित हुन थालेको ओलीले बताए । 

प्रधानमन्त्री केपी ओलीले एसिड प्रहारविरुद्ध ल्याइएको अध्यादेश प्रस्तुत गर्न संसदमा रोकिएको प्रति पनि आपत्ति जनाए । 

Advertisement

Advertisement