सुचना प्रविधि मेला (क्यान इन्फोटेक) बैशाख २८ बाट

Advertisement

काठमाडौं । कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघले यस बर्षको सुचना प्रविधिसम्वन्धी मेला (क्यान इन्फोटेक) बैशाख २८ बाट सुरु हुने जानकारी दिएको छ । महासंघको आइतबार आयोजित कार्यक्रममा मेलाबारे जानकारी दिइएको हो । 

भृकुटीमण्डपमा आयोजना हुने मेला जेठ २ सम्म चल्ने छ । सन १९९५ देखि क्यान महासंघले क्यान इन्फोटेकको सुरुवात गरेकोमा गत बर्ष २६औं संस्करण सम्पन्न भइसकेको छ । 

Advertisement

नेपालमा सूचना, प्रविधि र मनोरञ्जनसम्बन्धी वार्षिकरुपमा आयोजना हुने प्रदर्शनी देशकै ठूलो प्रदर्शनी हो । विगतका वर्षहरुमा साधारणतया पुस, माघ, फागुनमा हुने गरेको यस मेला यस बर्ष कोभिड १९ का कारण ढिलो गरी बैशाख–जेठमा गर्न लागिएको हो । 

जनको स्वास्थ्य सुरक्षा र काठमाडौंको स्थानीय प्रशासनले भीडभाड नगर्न गरेको आग्रहका कारण विगतका जस्तो समयमा मेला आयोजना गर्न नसकिएको भन्दै महासंघले कोभिड १९ महामारीका कारण मानिसहरुमा सुचनाप्रविधिप्रति झन चासो बढेर गएको बताएको छ । 

सूचना प्रविधि प्रर्दशनीमा क्यान महासंघका सदस्य संस्थाहरुका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरुको सहभागिता रहनेछ । 

प्रर्दशनीलाई व्यवसायीहरूले व्यापार विस्तारका साथै नयाँ–नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्न सक्नेछन् भने अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला र भविष्यका निम्ति प्रविधिहरु र उपकरणको अवलोकन तथा खरिद गर्न पाउनेछन् । 

यो प्रर्दशनी सुचना प्रबिधिसम्बन्धि चासो राख्नेहरुको लागि यस क्षेत्रमा भएका विकास तथा प्रयोगका बारेमा जानकारि लिने थलो पनि हुने बिश्वास पनि हामीले लिएका छौं भन्दै महासंघले क्यान इन्फोटेक २०२१ ले सूचना तथा सञ्चार प्रविधि क्षेत्रका कम्पनीहरुलाई आफ्नो बजार विस्तार गर्ने, ग्राहकका आवश्यकता थाहा पाउने, बजार सर्वेक्षण गर्ने, नयाँ उत्पादनहरु सार्वजनिक गर्ने र ग्राहकसँग आपसी सम्बन्ध स्थापना गर्ने अभूतपूर्व अवसर दिने विश्वास लिएको छ । 

क्यान इन्फोटेक २०२१ मा विभिन्न खण्डहरु रहने छन् जसमा ब्राण्डिङ, आइसिटी एक्ससरिज, गेम पार्लर, प्रडक्ट लञ्चिङ, रोबोटिक्स, इमर्जिङ्ग टेक्नोलोजि,इ–वेष्ट म्यानेजमेण्ट, वाइफाइ तथा इण्टरनेट र लर्निङ सेन्टर तथा सुचना तथा संचार प्रविधि सम्वन्धि रोजगार केन्द्र मुख्य हुनेछन् । 

प्रदर्शनीकर्ताहरुले सफ्टवेयरहरु, नेटवर्किङ र क्लाउड सोल्युशन, मोबाइल फोन तथा सोल्युशन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटि सोल्युशन, सोलार पावर सिष्टम, इन्भर्टर, युपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिण्टर, पावर सिष्टम, कम्प्युटर एक्सेसरिज, एण्टिभाइरस सफ्टवेयर, बैंकिङ सोल्युशन, सीसीटीभी र हार्ड डिस्क जस्ता उत्पादनहरु प्रदर्शनी तथा विक्रिमा राख्नेछन् । 

त्यसैगरी, आर्टीफिसियल ईन्टेलिजेन्स सम्बन्धि जानकारि, आईटी कलेज, बैंक, बीमा तथा लेखासम्बन्धी सफ्टवेयर, सरकारि क्षेत्रमा प्रयोगमा आएका तथा आउने  सफ्टवेयर र सोलुसन्स, सेल्फ लर्निङ सफट्वेयर तथा ट्युटोरियल आदि पनि प्रर्दशनीमा रहनेछन् । 

गत वर्ष करिब साढे तीन लाखले अवलोकन गरेको दाबी क्यान महासंघको छ । यस बर्ष पनि सोही अनुपातमा अवलोकन हुने उसको अनुमान छ । मेलाका लागि चैत्र ८ गतेदेखि प्रदर्शनिकर्ताका निम्ति अनलाईन बुकिङ समेत खुल्ला हुनेछ।

Advertisement

Advertisement