इन्धनको भाउ फेरि बढ्यो, पेट्रोल प्रतिलिटर रु. ११८, अझै घाटामै छौंः निगम

Advertisement

काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। मंगलबार मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टीतेलमा प्रतिलिटर दुई रुपियाँका दरले मूल्य वृद्धि गरिएको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिएका छन् । 

नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर ११८ रुपियाँ पुगेको छ भने डिजेल, मट्टीतेल प्रतिलिटर १०१ पुगेको छ।

Advertisement

यसैगरि हवाई इन्धन आन्तरिकको साविक मूल्यमा दुई रुपियाँले वृद्धि भएको छ। हवाई इन्धन प्रतिलिटर ७४ रुपियाँ पुगेको छ। खान पकाउने एलपी ग्यास तथा हवाई इन्धन मूल्य भने हाललाई यथावत नै राखिएको छ।

अझै पनि पेट्रोलमा ९ रुपियाँ ३५ पैसा, डिजेलमा प्रतिलिटर पाँच रुपियाँ ८० पैसा तथा खाना पकाउने एलपी ग्याासमा प्रतिसिलिण्डर ३९२ रुपियाँ ८२ पैसा घाटा रहेको निगमको दाबी छ। जसअनुसार अर्धमासिक रुपमा निगमलाई एक अर्ब २७ करोड ७० लाख बराबरको घाटा रहेको दाबी गरिएको छ। निगमले केही महिनादेखि निरन्तररुपमा इन्धनको मूल्यवृद्धि गर्दै आएको छ । 

Advertisement

Advertisement