गण्डकीमा माओवादीको भागबाट मन्त्री भएकाहरूले राजीनामा दिए

Advertisement

पोखरा । गण्डकी प्रदेशमा माओवादी केन्द्रका दुई मन्त्रीले बुधबार राजीनामा दिएका छन् । आफ्ना मन्त्रीलाई राजीनामा गराए पनि माओवादीले पृथ्वी सुब्बा गुरुङलाई दिएको समर्थन भने कायमै राखेको छ । 

हिउँदे अधिवेशनको पहिलो दिन माओवादी मन्त्रीहरूले राजीनामा दिएका छन् । राजीनामा दिनेमा आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापा छन् । संसदमा बोल्दै उनीहरूले आफूहरूले राजीनामा दिएको खुलासा गरेका हुन् । 

Advertisement

गण्डकीमा माओवादीका मन्त्री दुई जना मात्रै थिए । माओवादी केन्द्रको संसदीय दलको मन्त्रीहरू फिर्ता बोलाउने निर्णय गरेसँगै चुमान र थापाले राजीनामा दिएका हुन् । 

गण्डकीमा कुल ६० साँसदमा एमालेका २८, कांग्रेस १५, माओवादी १२ छन् । राष्ट्रिय जनमोर्चा ३ र जनता समाजवादी २ साँसद छन् । गण्डकीमा मुख्यमन्त्री एमालेलाई र सभामुख माओवादीलाई भाग लगाइएको थियो । 

Advertisement

Advertisement