वाणिज्य बैंकहरूको निक्षेप संकलनभन्दा कर्जा प्रवाह बढी, निषेधाज्ञाको एक सातामै १५ अर्ब बढ्यो

Advertisement

काठमाडौं । सरकारले कोरोना महामारी नियन्त्रण गर्न १६ वैशाखदेखि जारी गरेको निषेधाज्ञा पछिको एक सातामा वाणिज्य बैंकहररूले निक्षेपभन्दा कर्जा लगानी बढी गरेका छन् । वाणिज्य बैंकहरुले गत साता १७-२४ वैशाखसम्ममा ३९ खर्ब ३३ अर्ब निक्षेप संकलन गर्दा ३६ खर्ब ९ अर्ब कर्जा प्रवाह गरेका छन् । यस्तो कर्जा प्रवाह उक्त साता निक्षेप भन्दा बढी देखिएको छ । यो साता वाणिज्य बैंकहरूले १० अर्ब निक्षेप संकलन गर्दा कर्जा प्रवाह भने १५ अर्ब गरेका छन् ।

गत साता निषेधाज्ञा भएता पनि समग्रमा वाणिज्य बैंकहरुले कर्जा लगानी र निक्षेप संकलन गत हप्ताको भन्दा बढाउन सफल भएको छन् ।  वैशाख २४ गतेसम्म आउदा बैंकहरूको निक्षेप संकलन भन्दा कर्जा लगानी धेरै छ । 

Advertisement

२४ वैशाखसम्ममा २७ वाणिज्य बैंकले ३६ खर्ब नौ अर्ब रुपियाँ कर्जा लगानी गरेका छन् । बैंकहररूको कर्जा लगानी गत हप्ताको भन्दा १५ अर्ब रुपियाँले बढेको सोमबार बैंकर्स संघ नेपालले जारी गरेको साप्ताहिक तथ्यांकमा उल्लेख छ । गत हप्ता (वैशाख १७ गतेसम्म) बैंकहररूले ३५ खर्ब ९४ अर्ब रुपियाँ कर्जा लगानी गरेका थिए । 

बैंकहरूले वैशाख २४ गतेसम्म ३९ खर्ब ३३ अर्ब रुपियाँ निक्षेप संकलन गरेका छन् । बैंकहररूको निक्षेप संकलन पनि गत हप्ताको भन्दा १० अर्ब रुपियाँले बढेको नेपाल बैंकर संघले जानकारी दिएको छ ।  

Advertisement

Advertisement