‘भाग्यले बाँचेकाहरू ! कर तिर’ नै हाम्रो वर्तमान राजनीति होः मुमाराम खनाल

Advertisement

काठमाडौं । राजनीतिक विश्लेषक मुमाराम खनालले हाम्रो राजनीति कोरोना महामारीबाट जनता जोगाउन भन्दा पनि जसरी हुन्छ जनताबाट कर मात्रै अशुल गर्न लागिपरेको बताएका छन् । 

पछिल्लो राजनीतिक बेथितिप्रति ब्यङ्ग्य गर्दै सामाजिक सञ्जालमा उनले कोरोना महामारीका कारण जनता अक्सिजन नपाएर ज्यान गुमाउने क्रम बढ्दै गएको बेला पनि सरकार र दलहरूको ध्यान अन्य कुरामा रहेको भन्दै जनताको मृत्युको कारण नै सरकार र नेपालको राजनीतिक दल भएको संकेत गरेका छन् । 

Advertisement

खनालले लेखेका छन्, ‘अस्पताल र बेड अनि अक्सिजन र भेन्टिलेटर( बिरामी आफैले जोहो गर। र, दाहसंस्कारको लागि समशानघाट मृतक आफैले खोज। हामी सरकार र दल हौं– राजनीति गर्छौ। हाम्रो राजनीतिको लागि भाग्यले बाँचेकाहरू– कर तिर। खासमा ‘अक्सिजनको कमीले होइन, राजनीतिले फालेको ‘कार्बनडाईअक्साईड’ले जनता मर्दैछन्।’

Advertisement

Advertisement