काठमाडौं । साताको अन्तिम दिन बिहीबार सेयर बजार परिसुचक नेप्से दोहोरो अंकले बढेको छ । वित्त कम्पनीहरूको सेयरमा उच्च वृद्धि हुँदा नेप्से १० दशमलव १३ अंकले वृद्धि भई दुई हजार ६८४ कायम भएको छ ।
त्यस्तै, सात अर्ब १२ करोड रुपियाँभन्दा बढिको सेयर किनबेच हुँदा नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा धेरै ४९ करोड रुपियाँको कारोबार भएको छ । आज नौ प्रतिशतभन्दा धेरै सेयर बढ्ने कम्पनीको संख्या १३ वटा रहेका छन् । वित्त कम्पनीको सुचक सबैभन्दा धेरै चार दशमलव ६८ प्रतिशतले बढेको छ ।