ठूलो दलको नेताको हैसियतमा ओली फेरि प्रधानमन्त्री नियुक्त

Advertisement

काठमाडौँ । संसदको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा केपी ओली फेरि प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्या भण्डारीले ओलीलाई संविधानको धारा ७६ (३) अनसार प्रधानमन्त्री पदमा पुनः नियुक्त गरेकी हुन् । 

राष्ट्रपति भण्डारीले दिएको तीन दिनको समयमा दलहरूले बहुमतको सरकार बनाउन नसकेपछि संसदको सबैभन्दा ठूलो दलको नेताको रुपमा ओलीले फेरि मौका हात पारेका छन् । प्रधानमन्त्री ओलीले बैशाख २७ गते प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सकेका थिएनन् । 

Advertisement

राष्ट्रपति कार्यालयको विज्ञप्तिअनुसार संविधानको धारा ७६ उपधारा ३ अनुसार प्रधानमन्त्रीमा प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलका नेता केपी ओलीलाई नियुक्त गरेको उल्लेख छ । ओलीलाई शुक्रबार दिउसो शपथ ग्रहण गराउने कार्यक्रम छ ।

Advertisement

Advertisement