काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पवनकुमार खड्का नियुक्त भएका छन् । सिईओ खड्काको कार्यकाल चार वर्षको हुनेछ । यस अघि उनी सोही कम्पनीको निमित्त सीईओका रूपमा कार्यरत थिए ।
उनी विगत सात वर्षदेखि बीमा क्षेत्रमा आवद्ध छन् । उनले नेपाल लाइफबाट बीमा क्षेत्रको यात्रा सुरू गरेका हुन् । नेपाल लाइफमा काम गरे पश्चात उनले विशाल सिमेन्टको सीईओ रूपमा एक वर्ष काम गरेका थिए । त्यस्तै, उनले जलविद्युत तथा शिक्षा क्षेत्रमा पनि व्यसायिक अनुभव हाँसिल गरेका छन् ।
खड्कालाई बीमा समितिले मंगलबार स्विकृती दिएको हो ।