महालक्ष्मी लाइफले बीमाशुल्क भुक्तानीको बिलम्ब शुल्कमा छुट दिने

Advertisement

काठमाडौं । निषेधाज्ञाका कारण बीमितहरूले समयमै बीमाशुल्कको किस्ता बुझाउन समस्या भएको भन्दै महालक्ष्मी लाइफ इन्स्योरेन्सले बिलम्ब शुल्कमा छुट दिने भएको छ । कम्पनीले राहतस्वरूप जेठ २७ गतेबाट लागू हुने गरी बीमाशुल्क तिर्दा लाग्ने बिलम्ब शूल्कमा छुट दिने निर्णय गरेको हो ।

असार मसान्तभित्र बीमाशुल्क किस्ता तिर्ने बीमितले छुट पाउने छन् । व्यतित बीमालेख अवधिमा तीन महिनाका लागि शत प्रतिशत, तीनदेखि छ महिनाका लागि ७५ प्रतिशत र ६ महिनाभन्दा माथिका लागि ५० प्रतिशत छुट दिने कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले जानकारी दिए ।

Advertisement

Advertisement

Advertisement