२२९७ जना कोरोना संक्रमित थपिंदा ३१३० जना संक्रमणमुक्त

Advertisement

काठमाडौँ । पछिल्लो २४ घण्टामा २२९७ जना कोरोना संक्रमित थपिएका छन् । सोही अवधिमा ३१३० जना संक्रमणमुक्त भएका छन् भने ४६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।   

मन्त्रालयका अनुसार ६ हजार ५८३ जनामा गरिएको पीसीआर परीक्षणमा १,५८४ र ४ हजार ३२१ जनामा गरिएको एन्टिजेन परीक्षणमा ७१३ जना गरी २२९७ जनामा संक्रमण पुष्टि भएको हो ।

Advertisement

देशभर हाल सक्रिय संक्रमितको संख्या ५३ हजार ९४० रहेको छ ।

Advertisement

Advertisement