आइएमई लाइफले ६० करोड रुपियाँको आईपीओ निष्काशन गर्न सेबोनमा दियो आवेदन

Advertisement

काठमाडौँ । आइएमई लाइफ इन्स्योरेन्सले साधारण शेयर(आईपीओ) निष्काशनको अनुमति माग गर्दै ेपाल धितोपत्र बोर्ड(सेबोन)मा  आवेदन दिएको छ ।

६० करोड रुपियाँ बराबरको ६० लाख कित्ता आईपीओ निष्काशनका लागि अनुमति माग गर्दै जेठ ३१ गते सेबोनमा आवेदन दिएको हो । 

Advertisement

आइएमई लाइफको एजीएमबाट आईपीओ निष्काशन सम्बन्धी प्रस्ताव पारित भइसकेको छ भने उक्त आइपीओलाई केयर रेटिङ्ग एजेन्सी केयर नेपालले ‘केयरएनपी ट्रिपल बि’ रेटिङ्ग प्रदान गरेको कम्पनीले जनाएको छ । 

हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ४० करोड रुपियाँ रहेको छ । प्राथमिक शेयर निष्काशन पछि कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपियाँ पुग्नेछ । प्राथमिक शेयर निष्काशन पछि संस्थापक शेयरधनीहरुको हिस्सा ७० प्रतिशत र सर्वसाधारणको शेयर हिस्सा ३० प्रतिशत हुनेछ ।

आइएमई लाइफको एजीएमबाट आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित

आइएमई लाइफले ६० करोडको आईपीओ निष्काशनका लागि पायो ट्रिपल बी रेटिङ

Advertisement

Advertisement