सन् २०२१  भित्रै सबै नागरिकलाई कोरोना बिरुद्धको खोप लगाइन्छः प्रधानमन्त्री

Advertisement

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२१  भित्रै सबै नागरिकहरुलाई कोरोना बिरुद्धको खोप लगाइने बताएका छन् । बुधबार राजधानीमा सम्पन्न नेपाल बाल संगठनको केन्द्रीय सभाको अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो धारणा राखेका हुन् । 

प्रधानमन्त्रीले ओलीले सरकारले खोपको अभाव क्रमशः सुल्झँदै गएको बताए । उनले भने–‘अबका वर्ष यस्ता कार्यक्रम भर्चुअल माध्यमबाट नभई प्रत्यक्ष भेटेरै गर्न सकिने धारणा पनि प्रधानमन्त्रीको थियो । सो अवसरमा ओलीले आजका बालबालिकालाई शारीरिक र मानसिक रुपले सबल, शैक्षिक हिसाबले उकृष्ट र प्रतिस्पर्धात्मक क्षमता युक्त बनाउँदै लैजान सकिए मात्र भोली देशले देशभक्त र कर्मठ युवाको नेतृत्व पाउनसक्ने बताए । 

Advertisement

बालबालिका नै देशको भविष्य भए पनि विगतमा राजनीतिक र सामाजिक व्यवस्थाका कारण सबै बालबालिकाले उपयुक्त लालनपालन, शिक्षा र खेलकुद जस्ता पाउनै पर्ने हक समेत नपाएको प्रधानमन्त्रीले उल्लेख गरे । यसतर्फ विगतका प्रायः सबै सरकारको ध्यान नगएको र कहिले काहीँ बालमन्दिर जस्ता संस्था निजी स्वार्थका माध्यम हुन पुगेको पनि उनले बताए । यसका साथै त्यस्ता सँस्थाहरुले कहिले काहीँ आफ्नो उचाई विपरित संकिर्ण दायरामा आफूलाई प्रस्तुत गरेको समेत प्रधानमन्त्रीले बताए ।  

‘परिणाम स्वरुप नेपाली बालकाबालिका अभिभावक विहिन हुने र संरक्षण गर्ने कोही नहुने स्थितिमा समेत पुगे । हाम्रा छोराछोरी खाते  भन्दै बदनाम गरिए’, उनले भने । यसका साथै विभिन्न ढंगले ब्यक्तिगत स्वार्थमा बालबालिकिालाई प्रयोग गर्ने काम समेत भए । ‘कहिँ रित पुर्याएर त कही गुपचुप ढंगले बालबालिकाको दुरुपयोग भयो आगामी दिनमा आगामी दिनमा यस्ता कुरालाई सम्पूर्ण रुपले रोक्नुपर्छ’ , प्रधानमन्त्रीको भनाई थियो ।

सरकारले अशक्त र परित्यक्त बालबालिकाको हेरविचार गर्ने र आवश्यक सबै प्रबन्ध गर्ने साथमा उनीहरुलाई अरु बालकालिकाको तुलनामा  कम नहुने गरी विकास गर्ने समेत प्रधानमन्त्रीले बताए । यसकार्यमा बालमन्दिरलाई नेपाल सरकारका तर्फबाट  संठनात्मक तथा भौतिक पुर्वाधारमा पूर्ण सहयोग हुने भनाई पनि उनको थियो । नेपाल बाल संगठनले यस तर्फ आफ्नो मनोबल कमजोर गर्ने र हरेस खानु नहुने बताउँदै प्रधानमन्त्रीले संगठन अब कमजोरीहरु हटाइ संगठन अघि बढने समेत बताए ।  

Advertisement

Advertisement