सेञ्चुरी कमर्सियल बैंकको कामु सीईओमा मनोज न्यौपाने नियुक्त

Advertisement

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा मनोज न्यौपाने नियुक्त भएका छन् ।

हिजो बसेको सञ्चालक समितिको बैठकले बैंकका नायब प्रमुख कार्यकारी अधिकृत न्यौपानेलाई कामु सीईओ नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव तुल्सीप्रसाद भट्टराईले जनाएका छन् । 

Advertisement

बैंकका सीईओ तुलसीराम गौतमले असार २० गते दिएको राजीनामा साउन १ गतेबाट लागु हुने गरी स्वीकृत गर्दै सोही दिनदेखि न्यौपानेलाई कामु सीईओको जिम्मेवारी दिने निर्णय गरिएको कम्पनी सचिव भट्टराईले बताए । 
 

Advertisement

Advertisement