कर छलेको आरोपमा दैनिक भास्करको कार्यालयमा प्रहरीको छापा

Advertisement

काठमाडौं । कर छली गरेको आरोपमा कर प्रशासनले इण्डियाको लोकप्रिय पत्रिका दैनिक भास्करको ग्रुप अफिस र उत्तर प्रदेशमा आधारित अर्को एक न्यूज च्यानलमा छापा मारेको छ । दैनिक भास्करमाथि ठूलो मात्रामा कर छली गरेको आशंकामा छापा मारिएको हो । 

झण्डै सय जना कर अधिकृतहरूले दैनिक भास्करको दिल्ली, मध्यप्रदेश, राजस्थान, गुजरात, महाराष्ट्रसहितका ३० स्थानमा रहेका कार्यालयहरूमा प्रवेश गरी छानविन सुरु गरेको हो । प्रहरीले दैनिक भास्कर ग्रुपका सञ्चालकहरूको घरदेखि कार्यालयसम्म म छापा मारेका छन् । 

Advertisement

दैनिक भास्करका एक वरिष्ठ सम्पादकले एनडीटीभीलाई जानकारी दिँदै ग्रुपको जयपुर, अहमदाबाद, भोपाल र इन्डोर अफिसमा पनि छापा मारिएको बताए । प्रहरीले उत्तर प्रदेशको टेलिभिजन च्यानल भारत समाचारमा पनि छापा मारेको छ । 

दुई मिडिया संस्थाले कर छली गरेको ठोस आधार आफूहरूसँग रहेको स्रोतले दाबी गरेको छ । तर दुवै समाचार संस्था इण्डियाको केन्द्रीय तथा प्रदेश सरकारका गलत क्रियाकलाप बाहिर ल्याउनेमा पर्छन् । इण्डियाको सेन्ट्रल बोर्ड अफ डाइरेक्ट ट्याक्सेज (सीबीडीटी)ले छापा मारी संस्थाका कागजाजहरू जफत गरेको छ । 

दैनिक भास्करका एक सम्पादक लक्ष्मीप्रसाद पन्तले प्रहरीले किन छापा मारेको र के अनुसन्धान गरिरहेको हो ? आफूहरूले बुझ्न नसकेको बताएका छन् । 

यसअघि निकै लोकप्रिय रहेको दैनिक भास्करको पछिल्ला दिनमा कोरोना महामारी र लकडाउनका कारण बिक्री खस्किए पनि अनलाइन संस्कर लोकप्रिय रहँदै आएको छ । दैनिक भास्करले कोरोना महामारीको क्रममा थुप्रै खोजमुलक समाचारहरू प्रकाशित गर्दै सरकारका बदमासीहरू बाहिर ल्याउन सफल भएको थियो । 

Advertisement

Advertisement