आयोगले जसपाको आधिकारिकताका लागि टाउको गन्दै, बाबुरामसहितका नेताहरू आयोगमा

Advertisement

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकताको लागि निर्वाचन आयोगले ‘हेड काउन्ट’ (टाउको गन्ने) निर्णय गरेसँगै सोमबार सो पार्टीका नेताहरू हतार हतार आयोग पुगिरहेका छन् । 

आयोगले आज महन्थ ठाकुर र उपेन्द्र यादव दुवै पक्षलाई आफ्ना साँसद र केन्द्रीय सदस्यसहित आयोगमा बोलाएपछि पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसहितका नेताहरू आयोग पुगेका हुन् । दुवै पक्षले आफ्नो बहुमत दावी गरेपछि आयोगले हेड काउन्ट गर्न लागेको हो । 

Advertisement

आयोगले जसपाको आधिकारिकताको विवाद आजै टुङ्ग्याउँदै छ । आयोगले आज हेड काउन्ट गर्ने भनेपछि दुवै पक्षले आफ्ना नेताहरूलाई काठमाडौं बोलाएको थियो । यादव पक्षका कार्यकारिणी समिति सदस्यहरु हिजोदेखि नै गोदावारी रिसोर्टमा जम्मा भएर बसेका थिए । दुवै पक्षका कार्यकारिणी सदस्यहरुको सनाखतपछि आयोगले आधिकारिकताको निर्णय गर्नेछ । 

Advertisement

Advertisement