धितोपत्रको नविकरण शुल्क बुझाउन नेप्सेको पत्र, ‘समयमै नबुझाए कारवाही’

Advertisement

काठमाडौं । दोस्रो बजारमा सूचीकृत कम्पनीलाई नविकरण शुल्क बुझाउन नेपाल स्टक एक्सचेन्जले सूचना जारी गरेको छ । 

नेप्सेमा सूचीकृत कम्पनीहरुले धितोपत्र सूचीकरण विनियमावली, २०७५ को अनुसूची ३ (क) र (ख) मा भएको व्यवस्था बमोजिम आर्थिक वर्ष ०७८ / ७९ को धितोपत्रको बार्षिक नवीकरण शुल्क बुझाउने समय असोज मसान्त सम्म रहेको छ ।

Advertisement

वार्षिक नवीकरण शुल्क ५० करोड भन्दा बढि चुक्ता पुँजी भएको  कम्पनीले वार्षिक ५० हजार रुपियाँ र त्यो भन्दा बढि चुक्ता पुँजी भएको कम्पनीले वार्षिक एक लाख रुपियाँ नविकरण शुल्क बुझाउनु पर्ने व्यवस्था रहेको छ । 

यस्तै, डिवेन्चर (म्युचुअल फण्ड)  सामुहिक लगानी कोषको बार्षिक नवीकरण शुल्क चुक्ता पुजी ५० करोडसम्म भएकोले ५० हजार रुपियाँ र त्यो भन्दा माथि भएको एक लाख रुपियाँसम्म नविकरण शुल्क बुझाउन आग्रह गरेको छ । 

 
 

Advertisement

Advertisement