नेकपा एसकी रामकुमारीलाई पर्यटन, आलेलाई शहरी विकास

Advertisement

काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी (एस)बाट विरोध खतिवडाको नेतृत्वमा सरकारमा प्रतिनिधित्व हुने भएको छ । 

उक्त पार्टीले प्रधानमन्त्री शेरबहादुर देउवालाई पठाएको चार मन्त्री र एक राज्यमन्त्रीको सुचीमा रामकुमारी झाँक्रीलाई पर्यटन तथा नागरिक उड्डयन, प्रेम आलेलाई शहरी विकास मन्त्री सिफारिस गरिएको छ । 

Advertisement

यसअघि झाँक्रीलाई स्वास्थ्य मन्त्रालय भनिए पनि उक्त मन्त्रालय विरोध खतिवडाले सम्हालेछन् । त्यस्तै कृष्णकुमार श्रेष्ठलाई श्रममन्त्री, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय दिइने छ भने भवानी खापुङलाई स्वास्थ्य राज्यमन्त्री बनाइने भएको छ । 

Advertisement

Advertisement