महामारीपछि पेट्रोलको मूल्य लगातार अठार पटक बढ्यो, एक पटक पनि घटेन

Advertisement

काठमाडौं । कोरोना महामारीपछिको स्रोह महिनासम्म पेट्रोलियम पदार्थको मूल्य लगातार १८ पटक बढेको छ । यो अवधिमा एक पटक पनि पेट्रोलको मूल्य घटेको छैन् । नेपाल आयल निगमले उपलब्ध गराएको एक तथ्यांक अनुसार पेट्रोलको मूल्य मात्रै गत आर्थिक वर्षको २०७७/७८ को एक वर्षमा लगातार १५ पटक र चालू आवको चार महिनामा तीन पटक बढेको छ ।

आयल निगमले महामारीपछि तेलको मूल्य २३ पटक बढाएको भएपनि पाँच पटक भने गत वर्ष नै घटाएको थियो । निगमले आर्थिक वर्ष २०७६÷७७ मा पाँच पटक पेट्रोलको मूल्य दुईदुई रुपियाँले बढाउँदा पाँचै पटक सोही अनुसार १० रुपियाँ घटाएको पनि तथ्यांकमा उल्लेख छ ।

Advertisement

निगले बढाउन थालेपछि पेट्रोलको मूल्य १०२ रुपियाँबाट बढेर १३६ रुपियाँ प्रतिलिटर पुगेको छ । यो अवधिमा एक पटक पनि नघटेको कारण उपभोत्ताले महामारीपछि लगातार इन्धनमा मूल्यबृद्धि सहदै आउनुपरेको छ । निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेका कारण नेपालमा पनि बढाउने गरिएको हो । 
घट्दा घट्ने र बढ्दा बढ्ने स्वाचालित प्रणाली लागू गरिएको भएपनि विगत १६ महिनादेखि भने निरन्तर बढिरहेकोले आयल निगमले पनि बढाइरहेको जानकारी दिएको छ ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)सँगको अर्थसंवाद कार्यक्रममा निगमले उक्त तथ्यांक प्रस्तुत गरेको हो । तथ्यांक अनुसार पछिल्लो पटक बुधबार रातीदेखि लागू हुने गरी बढेको पेट्रोलको मूल्य अनुसार अहिले प्रतिलिट १३६ रुपियाँ पुगको  छ । पेट्रोलको मूल्य गत आवको अन्तमा १२८ रुपियाँ पुगेको थियो ।

निगमका अनुसार डिजलमा भने यो अवधिमा १७ पटक मूल्य बढ्दा दुई पटक मात्रै घटेको छ । निगमले दुइ रुपियाँ बढाउँदा एक रुपियाँँ घटाएको थियो । डिजल पनि हाल प्रतिलिटर ११९ रुपियाँ पुर्याएको छ ।

निगमले खाना पकाउने एलपी ग्यासको मूल्य पनि महामारीपछि निरन्तर पाँच पटक बढाएर हाल प्रति सिलिण्डर १५७५ रुपियाँ पुर्याएको छ । निगमले गत वर्ष दुई पटक २५/२५ रुपियाँ बढाएको भएपनि यो वर्ष बुधबार रातीदेखि एकैपटक ७५ रुपियाँ प्रतिसिलिण्डर बढाएको छ । यो वर्ष मात्रै तीन पटक ग्यासको मूल्य बढिसकेको छ ।

पेट्रोलमा ४३ प्रतिशतले मूल्य बृद्धि
आयाल निगमका अनुसार नेपालमा पछिल्लो १० महिनामा सन् २०२१ लागेपछि मात्रै पेट्रोलको खरिदको मूल्य बृद्धि ४३ प्रतिशतले बढेको छ । गत वर्ष भने कोरोना महामारीका कारण २१ प्रतिशतले खरिदको दर घटेको देखाएपनि यो वर्ष भने अस्वाभाविक रूपले बढेको छ । यस अघि सन् २०१८ मा २४ प्रतिशतले मूल्य बृद्धि भएको थियो । पेट्रोलको मूल्य बृद्धि सन् २०१९ मा आठ प्रतिशतले र २०२० मा भने २१ प्रतिशतले घटेको थियो ।

पेट्रेलियम पदार्थमा मूल्यबृद्धि भइरहे पनि आयल निगमलाई पनि पछिल्लो समय घाटा भइरहेको उल्लेख छ । निगमका अनुसार निगमलाई अहिले पनि पेट्रोलमा प्रतिलिटर १७.५८ रुपियाँ, डिजलमा १३.१४ रुपियाँ घाटा रहेको उल्लेख छ । निगमलाई ग्यासमा पनि प्रतिसिलिण्डर ६५७.८४ रुपियाँ घाटा रहेको निगमले जारी गरेको तथ्यांमा उल्लेख छ ।  
 

Advertisement

Advertisement