Advertisement

काठमाडौं । विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले जनस्वास्थ्य ऐन २०७५ विपरित मदिरा, चुरोट, सुर्ती र सुर्तीजन्य वस्तुको विज्ञापन भइरहेकोले त्यसलाई रोक्न आफूहरुले सुचना प्रकाशित गरेको बताउँदै कानुनविपरित यस्तो विज्ञापन गर्ने मिडिया, विज्ञापन एजेन्सी र विज्ञापनदाता तीनै पक्षलाई कारवाही हुने स्पष्ट पारेका छन् । 

कर्पोरेट नेपालसँगको कुराकानीमा उनले ऐनविपरित काम गर्ने छुट कसैसँग पनि छैन् भन्दै उनले यदि विज्ञापन नै गर्ने हो भने पनि पहिला ऐन संशोधन गरिनुपर्ने बताए । अनधिकृतरुपमा खुकुरी रमलगायतका विज्ञापनको हुन थालेसँगै स्वास्थ्य मन्त्रालयले परिपत्र गरेपछि नियमकको नाताले आफूहरुले सुचना निकाल्नुपरेको हुमागाईंले बताए । उक्त रक्सीको उत्पादन गर्ने कम्पनी व्यवसायी वसन्त चौधरीसमेतको हो । 

Advertisement

उनले मदिरा र सुर्तीजन्य पदार्थको विज्ञापनमा रोक लगाइए पनि अनधिकृतरुपमा यस्तो विज्ञापन हुने गरेको भन्दै बोर्ड गठन भएर काम अघि बढाइसकेको अवस्थामा त्यसलाई रोक्नु दायित्व भएको बताए । तर नेपाल विज्ञापन संघ र केही मिडिया संगठनले भने बोर्डको सुचनाप्रति आपत्ति जनाउँदै मदिराको विज्ञापन गर्न दिइनुपर्ने माग राखेका छन् । 

हुमागाईंले भने, ‘विगत २५ बर्षदेखि नै यस्तो विज्ञापन हुँदै आएको थियो । विगतमा यति धेरै हुँदैन्थ्यो । तर यस पटक अति धेरै भयो र सुचना निकाल्नुपर्यो । राज्यले सम्झाउँदा सम्झाउँदै कानुनविपरितको काम हुन्छ । कसैले घटेर गर्छ भने यो ऐन कार्यान्वयन हुन्छ । कानुन उल्लङ्घन गर्न पाइएन् । उल्लङ्घन गर्दा कानुनमा जे व्यवस्था गरेको छ, त्यहीअनुसार अघि बढ्छौं ।’ 

अध्यक्ष हुमागाईंसँगको थप कुराकानी भिडियोमाः 

Advertisement

Advertisement