डिजिटल कारोबार गर्ने वालेट प्रयोगकर्ता एक करोड नाघे, मासिक कारोबार एक अर्ब नजिक
नेपालका धेरै प्रयोग हुने प्रतिनिधिमूलक वालेटहरू ।

Advertisement

काठमाडौं । डिजिटल भुक्तानी सिकाउने वालेट प्रयोगकता असोजदेखि एक करोड नाघेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार राष्ट्र बैंकबाट अनुमति लिएका वालेटमध्ये अधिकांशको कारोबार न्यून भएको र एउटा वालेटको सञ्चालन अनुमतिसमेत खारेज भइसकेको अवस्थामा सिमित वालेटहरूको सक्रियताबाटै वालेटको प्रयोगकर्ता एक करोड नाघेका हुन् ।

यी प्रयोकर्ताबाट असोजसम्ममा भएको कारोबार १५ अर्ब १८ करोड ७० लाख रुपियाँ पुगेको छ । वालेटको प्रयोगकर्ता बढ्दै जान थालेसँगै मासिक कारोबार पनि वालेटबाटै एक अर्ब रुपियाँ नजिक पुग्न थालेको छ । वालेटका यी प्रयोगकर्ताबाट भएको कारोबार औसतमा प्रति प्रयोगकर्ता १५१४ रुपियाँ रहेको पनि राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

Advertisement

राष्ट्र बैंकको तथ्यांक अनुसार भदौसम्ममा वालेटका प्रयोगकर्ता ९६ लाख ३५ हजार ८८८ रहेका थिए । यस्तो प्रयोगकर्ता मासिक तीन लाख ९२ हजार ८८३ थपिएको पनि तथ्यांकले देखाएको छ । थपिएका प्रयोगकर्तासँगै वालेटमा हुने कारोबार मात्रै मासिक एक अर्ब रुपियाँ नजिक पुग्न थालेको छ । असोजमा वालेटबाट भएको कारोबार ७६ करोड रुपियाँ रहेको पनि राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

वालेटमा हुनेकारोबार एक करोड र मासिक कारोबार ७६ अर्ब रुपियाँसँग मात्रै हिसाव गर्ने हो भने मासिक एक प्रयोगकर्ताले गर्ने यस्तो वालेटको कारोबार जम्मा ७५ रुपैयाँ औसत कारोबार हुने गरेको छ । पछिल्लो समय वालेटका प्रयोगकर्ताको तुलनामा डिजिटल कारोबार नै बढ्दै गएको छ । डिजिटल कारोबारका रूपमा पछिल्लो समय ग्राहकको रुची मोबाइल बैंकिङमा देखिएको छ ।

मोबाइल बैंकिङका प्रयोगकर्ता असोजसम्मा एक करोड ५१ लाख पुगेका छन् । यी प्रयोगकर्ताबाट भएको असोजसम्मको कारोबार ८७ अर्ब ७३ करोड रुपियाँ रहेको छ । प्रयोगकर्ताको हिसावले मासिक तथ्यांकमा आधार आधार मान्दा मोबाइल बैंकिङका प्रयोगकर्ताले गर्ने डिजिटल कारोबार पनि प्रति प्रयोगकर्ता औसत ८८५ मात्रै हुने गर्छ । प्रयोगकर्ता एक करोड पुगेपनि मासिक मोबाइल बैंकिङको कारोबार भने १३ अर्ब ४२ करोड रुपियाँले मात्रै बढेको छ ।

डिजिटल कारोबार बढ्दै गएकोले क्यूआर पेमेन्टबाट हुने कारोबार पाँच अर्बबाट ६ अर्ब पुगेको छ । कार्डबाट पे हुने इ–कमर्शमा पनि मासिक ४५ करोड रुपियाँको कारोबार भइरहेको छ ।
 

Advertisement

Advertisement