निफ्रा र मेरो फाइनान्सको शेयर मूल्य समायोजन, कस्को कति ?

Advertisement

काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड(निफ्रा) र मेरो फाइनान्स वित्तीय संस्थाको शेयर मूल्य समायोजन भएको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार निफ्राले शेयरधनीहरुलाई ८ प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. ३३१.४८ कायम गरिएको छ । यसअघि रु. ३५८ थियो । 

Advertisement

यसैगरी मेरो फाइनान्सको प्रतिशेयर मूल्य रु. १२०० कायम गरिएको छ । शेयरधनीहरुलाई २० प्रतिशत बोनस दिने भएपछि शेयर मूल्य समायोजन गरिएको नेप्सेले जनाएको छ । यसअघि रु. १४४० थियो । 

यी दुई कम्पनीको शेयर कारोबार आजैबाट समायोजन गरिएको मूल्यबाट शुरु भएको नेप्सेले जनाएको छ । 
 
 

Advertisement

Advertisement