राप्रपाको अध्यक्षमा लोकप्रिय नेता लिङदेन विजयी, हारेपछि कमल थापा निर्मल निवासमाथि खनिए

Advertisement

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा लोकप्रिय राजेन्द्र लिङ्देन विजयी भएका छन् । हारपछि अध्यक्षका अर्का प्रत्यासी कमल थापाले दोष निर्मल निवासमाथि थोपरेका छन् । 

लिङ्देनले एक हजार ८१७ मत पाएका छन् भने थापाले एक हजा। ६१८ मत पाएका छन् । ४३१ मत बदर भएको जनाइएको छ । मत गणनामा लिङदेनले अग्रता लिँदै आएका थिए । 

Advertisement

मतदान सुरु हुनुअघि त्रयअध्यक्षमध्येका एक पशुपतिशम्शेर राणाले उनलाई काँचो उम्मेदवार भन्दै कमल थापाको पक्षमा लागे पनि राप्रपाका प्रतिनिधिले उनलाई विजय गराएका हुन् । राप्रपाको सचिवालयलाई भनेर मतदान प्रतिनिधि हेरफेर गरेको भन्दै कमल थापासँग पार्टी कार्यालयमा लिङदेन समूहको विवाद समेत भएको थियो ।

राप्रपाको उपाध्यक्षमा थापाको प्यानलबाट उठेका बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान र महिला उपाध्यक्षमा रोशन कार्की विजयी भएका छन् । लिङदेन समूहका विक्रम पाण्डे पनि उपाध्यक्षमा विजयी भएका छन् । 

यस्तै, महिला महामन्त्रीमा थापा समूहबाट कुन्ती शाही विजयी भइन् । लिङ्देन समूहबाट महिला महामन्त्रीमा उम्मेदवारी दिएकी अभिनेत्री रेखा थापा भने पराजित भएकी छिन् । बाँकी दुई महामन्त्रीमा लिङदेन समूहका धवलशम्शेर राणा र थापा समूहका भुवन पाठक विजयी भएका छन् । राप्रपामा अध्यक्ष, चार उपाध्यक्ष, तीन महामन्त्रीसहित १४९ जनाको लागि निर्वाचन भएको थियो । 

Advertisement

Advertisement