गुहेश्वरी मर्चेण्ट एण्ड बैंकिङको नयाँ शाखा ईटहरीमा

Advertisement

काठमाडौं । ललितपुरको हरिहर भवनमा प्रधान कार्यालय रहेका र दुई दशक पूरानो बैंकिङ सेवा प्रदायक गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडले सुनसरीको इटहरीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । कम्पनीको यो २२औं शाखा हो । 

स्थानीय व्यापारी, बैंकर, उद्योगी र अरु प्रतिष्ठित व्यक्तिद्धारा प्रवद्र्धित यस संस्थाको नयाँ शाखाको शुभारम्भ उद्योग वाणिज्य संघ, इटहरीका वरिष्ठ उपाध्यक्ष दिवस पोख्ररेल र संस्थाका प्रमुख कार्यकारी अधिकृत राजेश  श्रेष्ठले संयुक्त रुपमा गरेका हुन् । संस्थाका अरु दुई एक्सटेन्सन काउन्टर पनि सञ्चालनमा छन् । 

Advertisement

गुहेश्वरीको चुक्ता पूँजी ८६ करोड ४० लाख तथा जगेडा कोषमा ३९ करोड ९५ लाख रुपियाँ रहेको छ भने निक्षेप संकलन छ अर्ब ४५ करोड तथा कर्जा लगानी पाँच अर्ब ६७ करोड रुपियाँ रहेको छ ।

संस्थाले चिपबेस डेबिट कार्ड, एसएमएस अलर्ट, इ–बैंकिङ, इसीसी, आईपीएस कनेक्ट, आरटीजीएस, कर्पोरेट पे, मोवाइल बैंकिङ, इसेवा, फोन पे, प्रभु पे, सेफ डिपोजिट लकर, टपअप सुविधा, रेमिटान्स सेवा डीपी, इआस्वा, तथा व्यक्तिगत खाताको हकमा तीन लाख रुपियाँसम्मको निक्षेप बीमाको साथै अन्य बैंिकङ सेवाहरु प्रदान गरिरहेको छ ।

निकट भविष्यमा देशका अन्य भागमा थप शाखा विस्तार गर्ने पनि संस्थाले जनाएको छ । 

Advertisement

Advertisement