नबिल बैंकले सार्वजनिक गर्यो डिजिबैंक पोर्टल, ग्राहकले एकद्वार प्रणालीबाट सेवा पाउने

Advertisement

काठमाडौं । नबिल बैकले  ‘नबिल डिजिबैक पोर्टल’ सार्वजनिक गरेको छ । आज एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल केशरी शाहले पोर्टलको शुभारम्भ गरेका हुन् । 

सो पोर्टलमार्फत ग्राहकले सहज रूपमै बैंकका सेवाहरू एकद्वार प्रणालीमार्फत प्राप्त गर्नसक्ने छन् । कप्यूटराईज्ड बैंकिङबाट सुरू भएको यात्रा अब भने साच्चै डिजिटल युगमा प्रवेश गरेको बैंकले जनाएको छ । 

Advertisement

बैंकका विभिन्न उपलब्धी मध्ये डिजिबैंक पनि एक भएको सीईओ शाहले बताए । बृहत डिजिटल भिजन र रणनीति निर्माण गर्न २०२० अगस्टमा उक्त परियोजना स्थापना गरिएको थियो । बैंकले आज नबिल डिजिबैंक पोर्टल मार्फत उक्त परिकल्पनालाई साकार पार्दै वास्तविकतामा परिणत गर्ने दिशामा एक पाइला अघि बढाएको जनाएको छ । 

नबिल डिजिबैंकमा अनलाइन फिक्स डिपोजिट, डेबिट क्रेडिट कार्ड अनुरोध, डेबिट कार्ड रिप्लेसमेन्ट, मर्चेन्ट अनबोर्डिङ र रिटेल एसएमई लोन आवेदन लगायतका अनलाइन सेवा उपलब्ध छ । यसका साथै बैंकले आगामी दिनमा धेरै अनलाइन सेवाहरु थ्प गर्दै जाने योजना बनाएको छ । 

सोही अवसरमा सीईओ शाहले भिडियो प्रमाणीकरणबाट खाता खोल्न सकिने(भीकेवाईसी)र भर्चुअल आईकार्ड लगायतका थप दुई नयाँ अनलाइन सेवासमेत सार्वजनिक गरे । भीकेवाईसी शुरुवातसँगै ग्राहकसँग केवाईसी प्रमाणीकरणका लागि बैंकको शाखा पुग्ने वा अनलाइनबाटै बैंकलाई आवश्यक विवरण पेश गर्ने दुई बिकल्प उपलब्ध भएको छ । 

त्यसैगरी नबिल भचुअल आईकार्ड नबिल  स्मार्टबैंक एफ भित्र इम्बोस्ड गरिएको सेवा हो । जसको माध्यमबाट ग्राहकले सजिलैसँग आफ्नो प्यान अपलोड गरी भर्चुअल आईकार्डका लागि आवेदन दिन सक्ने छन् । साथै, ब्यालेन्स टपअप पनि गर्न सकिन्छ । 

न्बिल डिजिबैंक पोर्टलमा अन्य संस्थाहरुसँग सहकार्य गर्दै बिल भुक्तानी, यात्रा, खाना, किनमेल लगायतका अन्य सुबिधा प्रदान गरिने समेत बैंकले जनाएको छ । 
 

Advertisement

Advertisement