महिला उद्यमशीलताका लागि नबिल, सीएनआई–वुमन लिडरसीप र महिला शक्तिबीच सहकार्य

Advertisement

काठमाडौं । महिलामा उद्यमशीलता प्रवर्द्धन, वित्तीय साक्षरता र वित्तीय पहुँच पुर्याउने उद्देश्यले नबिल बैंक, सीएनआई– वुमन लिडरसीप फोरम र महिला शक्ति विकाश केन्द्रबीच त्रिपक्षीय सम्झौता भएको छ । 

नेपाल उद्योग परिसंघ (सीएनआई)को कार्यालयमा गरिएको सम्झौतामा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल शाह, वुमन लिडरसीप फोरमकी संयोजक छाँया शर्मा र केन्द्रकी कार्यकारी निर्देशक कविता गुरुङले हस्ताक्षर गरे ।

Advertisement

कार्यक्रममा बोल्दै सीईओ शाहले महिलाको वास्तविक शक्ति भनेको आर्थिक सशक्तिकरण रहेको र महिलाहरुको आर्थिक विकासको लागि यो सम्झौता एक माध्यम बन्ने बताए । 

परिसंघका उपाध्यक्ष निर्वाण चौधरी भर्चुअल्लमाध्यमबाट सहभागी थिए । सरकारले अवलम्बन गरेको संयूक्त राष्ट्रसंघको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले गत असार १५ गते धान दिवशको दिन दिगो बैंकिङ कार्यक्रमको सुरुवात गरेको हो ।


 

Advertisement

Advertisement