सत्ता गठवन्धनको योजनाविपरित प्रमुख निर्वाचन आयुक्तको अडान– वैशाखमै स्थानीय चुनाव हुन्छ

Advertisement

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले स्थानीय तहको निर्वाचन बैशाखमै गर्नेगरि आयोगले तयारी गरिसकेको बताएका छन् । 

सत्तारुढ गठवन्धनले आउँदो मंसिरमा तीनवटै तहको निर्वाचन एकै पटक गर्ने योजना बनाइरहेको बेला थपलियाले पत्रकार ऋषि धमलासँग कुरा गर्दै वैशाखमै चुनाव गर्ने अडान दोहोर्याएका हुन् । 

Advertisement

उनले बैशाखमै निर्वाचन गर्नेगरि सबै तयारी भएकोले सरकारले तत्काल चुनावको मिति घोषणा गर्नुपर्ने बताएका छन् । 

थपलियाले भने, ‘सरकारले निर्वाचनको मिति दिओस् । स्थानीय तहको चुनाव रोक्नुहुँदैन् । रोकिँदैन। यो मेरो आग्रह हो । बैशाखमै गर्न आयोग तयार छ । मैले सबै दलका नेताहरुलाई भेटेर यो कुरा राखिसकेको छु ।’

उनले ऐन संशोधनलगायतका कामहरु चुनावपछि पनि गर्न सकिने बताए । 

Advertisement

Advertisement