लोकप्रिय ब्राण्ड ‘कासा’को नयाँ आउटलेट दरबारमार्गमा

Advertisement

काठमाडौं। पोषाकको लोकप्रिय ब्राण्ड ‘कासा’को नयाँ आउटलेट दरबारमार्गमा पनि सञ्चालनमा आएको छ । उक्त आउटलेटकी सञ्चालक रमिला नेम्कुलले दरबारमार्ग आउटलेटको उद्घाटन गरिन । यो कासाको तेस्रो ब्राण्ड हो । 

लामो समयदेखि फेशन डिजाइनरका रुपमा कार्यरत नेम्कुलले विश्वको सबैभन्दा अग्लो स्थानमा ‘माउण्ट एभरेष्ट फेशन रनवे’ सम्पन्न गरी दुई पटक गिनिज वर्ल्ड रेकर्ड राख्न सफल भएकी छन्।

Advertisement

फेशन डिजाइनर बन्ने योजनाका साथ अगाडि बढेकी नेम्कुलले कासामार्फत काम गरिरहेकी छन् । उनले चार बर्षअघि यसको शुभारम्भ गरेकी हुन् । कासाको मुख्य शाखा पाटन ढोका रहेको छ । 

नयाँनयाँ कपडाहरु बनाउन, सिलाउन रुची राख्ने नेम्कुल यस क्षेत्रमा लागेको १८ वर्ष भएको छ । यस अवधिमा उनले दुई वटा ब्रान्ड पनि स्थापना गरेकी छन् ।

Advertisement

Advertisement