एमालेनिकट सरकारी कर्मचारीको अधिवेशन फागुन २८ देखि, उद्घाटनमा ओली जाने

Advertisement

काठमाडौं । निजामती कर्मचारीमा राजनीतिकरण गर्न नहुने आवाज उठिरहेको बेला देशको ठूलो दल नेकपा एमालेनिकट सरकारी कर्मचारीले अधिवेशनको तयारी गरेको छ । 

एमालेनिकट नेपाल निजामती कर्मचारी संगठनले यही फागुन २८ गतेदेखि अधिवेशन गर्न लागेको हो । अधिवेशनको उद्घाटन गर्न एमाले अध्यक्ष केपी ओली आफै जाने तयारीमा रहेको सो संगठनले जनाएको छ । 

Advertisement

बिहीबार पत्रकार सम्मेलन गर्दै संगठनले ओलीको प्रमुख आतिथ्यमा आफ्नो अधिवेशनको उद्घाटन हुन लागेको जानकारी दिएको हो । संगठनका संयोजक केदारप्रसाद देवकोटाले ९०१ जना प्रतिनिधिहरु अधिवेशनमा सहभागी हुने बताए । 

जनताको सेवामा लाग्नुपर्ने सरकारी कर्मचारीहरु काम छोडेर काठमाडौंमा भेला हुन लागेका हुन् । निजामती कर्मचारीलाई ट्रेड युनियन अधिकार दिन नहुने भन्दै बुद्धिजीवीहरुले बारम्बार आवाज उठाउँदै आए पनि दल नेताहरुले आफ्नो हतियारको रुपमा प्रयोग गर्न उनीहरुका युनियनलाई संरक्षण र प्रवद्र्धन गर्दै आएका छन् । यस्ता युनियनमा लाग्नेहरु सरुवा बढुवा र निर्णय प्रक्रियामा सक्रिय भई करोडौं रुपियाँ भ्रष्टाचारमा लाग्ने गरेका तथ्यहरु आउने गरेका छन् । 

Advertisement

Advertisement